बजार नपाएपछि झापाका किसानले फ्याँके राजमार्गमा अण्डा र कुखुरा
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २१:३८:३
२४ माघ, झापा । बजारमा अत्यन्तै न्यून भाउ पाएकाे भन्दै झापाका किसानले राजमार्गमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् ।
आफ्ना उत्पादनले उचित मूल्य र बजार पाउनु पर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा मंगलबार अण्डा र कुखुरा सडकमा फालेर प्रदर्शन गरेका हुन् । बजारमा भएकाे भाउले लागतसमेत हराउने अवस्था आएपछि विराेधमा उत्रन बाध्य भएकाे उनीहरूकाे भनाइ छ ।
कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेको र तर उत्पादन भएका सामानले बजारमा स्थान र भाउ दुवै नपाएको उनीहरुको आक्रोश छ । स्वदेशी किसानले उत्पादन गरेको वस्तु र मासुजन्य पंक्षीलाई बजारमा स्थान दिनुको साटो भारतीय वस्तुलाई निरन्तर आयात गरेर किसानलाई हतोत्साहित तुल्याउने काम गरेको उनीहरुको भनाइ छ ।
यही अवस्था रहेमा बैंकको ऋण तिर्न नसकेर किसानले आत्मदाह लगायत अप्रिय बाटो समात्न विवश हुने चेतावनी उनीहरुले दिएका छन् । उनीहरु हजारौं संख्यामा अण्डा र अण्डा पार्ने सयौं संख्यामा कुखुरा सडकमा छाडेर फर्केका छन् । यसबाट सडकमा सवारी आवतजावतमा समस्या परेको छ ।
झापामा किसानबाट ८ रुपैयाँ खरिद गरिएको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खान विवश भएको आन्दोलित किसानहरुको भनाइ छ । कुखुरा किसाले प्रति केजी १२० रुपैयाँ कुखुरा बिक्री गर्दै आइरहेकामा उपभोक्ताले त्यही मासुलाई ३५० रुपैयाँ तिरिरहेको बताए ।
विदेशी मासु आयात रोकेर नेपाली किसानको सामानलाई बजारसम्म पुर्याएर लागत संरक्षण र उपभोक्तालाई उचित मूल्यमा सामान प्राप्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।
यसअघि चितवनमा भारतीइ तरकारीका कारण आफूहरुले उत्पादन गरेको तरकारीको मुल्य शुन्यमा पुगेको भन्दै चितवनका किसानले नारायणगढमा बजारमा ट्रयाक्टरबाट सडकमा तरकारी खन्याएर विरोध जनाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार