मधेश प्रदेशमा माओवादी केन्द्रका मन्त्रीले लिए शपथ
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २३:७:४१
२४ माघ, जनकपुर । मधेश प्रदेशमा नेकपा (माओवादी केन्द्र)को कोटाबाट नियुक्त पाएका मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार उद्योग वन तथ पर्यटन मन्त्री सुनिता यादव र सोही मन्त्रालयमा राज्यमन्त्री रहबर अन्सारीले शपथ लिएका हुन् । मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका छन् ।
मन्त्री बनेकी धनुषाबाट प्रदेश सांसद सुनिता सशस्त्र युद्धका सहिद रामवृक्ष यादवकी छोरी हुन् । प्रदेशमा मुख्यमन्त्रीसहित जसपाले तीन मन्त्री, एक राज्यमन्त्री, नेकपा एमाले चार मन्त्री, एक राज्यमन्त्री, जनमत पार्टी दुई मन्त्री, एक राज्यमन्त्री लिइसकेका छन् ।
सुरूमा माओवादी केन्द्रले २ मन्त्रालय मागेकाे थियाे । तर पछिल्लाे चरणमा भएकाे छलफलबाट एक मन्त्री र एक राज्यमन्त्रीमै खुम्चिन पुगेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार