विप्लवकाे ‘काेर्ष करेक्सन’: वैज्ञानिक समाजवादी व्यवस्थामा सहमत हुने पार्टीसँग एकता गर्ने
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २०:३०:४६
२५ माघ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि सहमत हुने पार्टीहरुसँग एकता गर्ने बताएका छन् । विप्लवले आज काठमाडौंमा पार्टीको नवौं केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
उनले नेकपाले वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्ने र वैज्ञानिक सत्ता संचालनका लागि तयार हुने पार्टीसँग एकता गर्ने बताए । उनले मुद्दा र एजेण्डा मिल्नेसँग संयुक्त मोर्चामार्फत कार्यगत एकता गर्ने नीति पार्टीले लिएको बताए । पार्टीले नेता कार्यकर्ताको वैचारिकीकरण एवम् जन नेतृत्व निर्माणका लागि कम्युनिस्ट कलेज सञ्चालन गर्ने भएको जानकारी दिए ।
कपिलवस्तुको विगढीमा सम्पन्न बैठकले ‘जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता’ भन्ने नीति पारित गरेर जनताको सुख दुःखमा पुग्ने योजना अगाडि सारेको बताए । आगामी दिनमा राष्ट्रिय स्वाधीनता र जनताका राजनैतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा केन्द्रित संघर्ष चलाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिए । निर्णय सार्वजनिक गर्न उनले आज मुख्यरुपमा १४ बुँदा समेटिएका ५ पृष्ठ लामो प्रेस वक्तव्य जारी गरेका छन् ।
शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताउँदै क्याम्पस र विश्वविद्यालयबाट निस्केका युवाहरु बेरोजगारको ठूलो ताँती निस्केको पनि विप्लवले टिप्पणी गरे । ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उनकाे भनाइ थियाे । जीवन उकास्न ऋण काढेका साना किसान मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनप्रति टिप्पणी गर्दै उनले भने, ‘‘यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए, जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे ।’ चुनावमा नयाँ दल उदाउनु सकारात्मक कुरा भएकाे उनकाे भनाइ थियाे ।
थवाङदेखि शिवगढीसम्म
नेकपाले यसअघि २०७३ मा रोल्पाको थवाङमा सम्पन्न आठौं महाधिवेशनले नेपालमा जारी संसदीय व्यवस्थालाई ‘दलाल संसदीय व्यवस्था’ संज्ञा दिँदै त्यसका साटो वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्ष गर्ने निर्णय पारित गरेको थियो ।
त्यसयताका पाँच वर्षसम्म पनि ठोस उप्लब्धि हासिल गर्न नसकेका नेकपाले गत असोज ३१ सम्म ७ दिन लामो शिवगढीमा चलेको नवौं अधिवेशनले वैज्ञानिक समावजवाद स्थापनाको बाटो नछोडेपनि यसलाई प्राप्ति गर्न ठोस कार्यक्रम तय गर्न सकेन । उक्त महाधिवेशनपछि पहिलोपटक बसेको सीसीकाे तेस्राे पूर्ण बैठकले कम महत्वका साथ वैज्ञानिक समाजवादी व्यवस्थाको पुनः वकालत सुरु गरेको छ ।
थवाङ महाधिवेशनले संसदीय व्यवस्थाभित्र हुने कुनैपनि प्रकारका चुनावलाई बहिष्कार गर्ने नीतिसहित महासचिव चयन भएका विप्लवले पहिलो कार्यकालको अन्तिम वर्ष चलिरहँदा गत वैशाखमा सरकारले आयोजना गरेको स्थानीय तहको चुनावमा भने भाग लिएका थिए । सोही कारण नेकपाभित्र भाग लिने र नलिनेबीच पक्षधरता खडा हुन पुग्यो ।
नलिने पक्षको नेतृत्व स्थायी समिति सदस्य धर्मेन्द वास्तोलाले गरे । चुनावकै कारण नेकपा फुट्यो । वास्तोलाले एक समूहकाे साथ लिएर उनले नेकपा (बहुमत) गठन गरे । चुनावमा भाग लिने पक्षमा लागेका विप्लवले देशभरमा एउटा वडाध्यक्ष समेत जित्न सकेनन् । उनकाे कार्यनीति असफल हुन पुग्याे ।
‘एकता’ र ‘माेर्चा’ गठनकाे अहिलेकाे नीतिले वैज्ञानिक व्यवस्थाका लागि लड्ने शक्ति नेकपा मात्र भएकाे थवाङ निष्कर्ष पनि पाँच वर्षमै उल्टिन पुगेकाे छ । त्यसपछि मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भने उनले चुनावमा भाग नलिने नीति लिए । त्यस नीतिलाई धेरैले नौटंकीको संज्ञा दिए ।
थवाङ महाधिवेशनले ‘संसदीय व्यवस्था’लाई मुख्य दुश्मानको रुपमा व्याख्य गरेपनि अघोषित रुपमा माओवादी केन्द्रलाई पनि दुश्मनको रुपमा लिएको थियो । तर पाँच वर्षपछि विप्लवले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग यही आइतबार सरकार निवास बालुवाटारमा पुगेर ‘समाजवादी मोर्चा’ गठनको पूस्ताव राखेका थिए । जसमा प्रचण्डले मुन्टो हल्लाउँदै ‘कोशिस गरौ’को भाव व्यm गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बसन्त चाड : दैनिक १२ करोड चिनियाँको रेल यात्राको रेकर्ड
माघ ३, २०८१ बिहिबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार