गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतले गरे कर्मचारीमाथि हातपात
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २१:४४:२५
२५ माघ, काठमाडौं । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले कार्यालयका कर्मचारीमाथि हतपात गरेका छन् ।
बुधबार गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवणकुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविनकुमार साहमाथि हातपात गरेको आरोप लगाइएको छ ।
विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद हुँदा अध्यक्ष यादवले उनीहरुमाथि हातपात गरेको कर्मचारीहरुको भनाइ छ ।
साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार दासले मनोमानी गर्दै आइरहेको बताए ।
लेखा परीक्षक साहले गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र अध्यक्ष यादवका बाउन्सर भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताए । हातपातमा स्थानीय लक्ष्मी यादवको संलग्नता रहेको उनीहरुले बताए ।
अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत छन् । गाउँपालिका अध्यक्ष यादवले उनको चाकरी गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिएको र आफूहरु पनि हाजिरका लागि जाँदाा उल्टै आफूहरुमाथि हातपात गरेको उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार
शुक्रबारदेखि मौसममा सुधार हुने
माघ ३, २०८१ बिहिबार