महन्थ ठाकुरलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने लोसपाको तयारी
नेपालबहस संवाददाता
माघ २५, २०७९ बुधबार २३:१६:४५
२५ माघ, काठमाडौं । सरकारलाई समर्थन दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारीमा जुटेको छ ।
दलहरुबीचमा राष्ट्रपति कुन पार्टीबाट बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपामा पनि अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल सुरु गरेको छ ।
राष्ट्रपतिको विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर निर्णय गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार मात्र सहमति भएको छ ।
यसैबीचमा लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने तयारी गरेको हो । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने भएकाले ठाकुर उपयुक्त रहेको बताए ।
एमालेले राष्ट्रपतिमा आफ्नो पार्टीबाट उठाउने उम्मेदवारमा सहमति हुनुपर्नेमा जोड दिँदै आएको छ भने कांग्रेसले पनि राष्ट्रपति निर्वाँचनमा पार्टीले उम्मेदवार उठाउने बताउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार