बागमती प्रदेशसभाको बैठक बस्दै, विषयगत समिति गठनसम्बन्धी प्रस्ताव पेश हुने संभावना
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १७:२:५३
२६ माघ, हेटौंडा । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको सातौं बैठक आह्वान भएको छ । उक्त बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बिहीबार प्रदेशसभामा २ वटा बैठकहरू सञ्चालन हुनेछ । पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन रहनेछ भने दोस्रो बैठकमा धन्यवादसम्बन्धी प्रस्ताव पेश हुनेछ । यही बैठकमा प्रदेश संसदमा रहने विषयगत समिति गठनका लागि सभापति र सदस्यहरुकोा नामावली पेश हुने संभावना रहेको बताइएको छ ।
सुन्दर बास्कोटाले जानकारी दिए । सो कार्यसूची यस अघि नै निर्धारण गरिएको थियो । गत माघ २२ गते बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरूको उपस्थितिमा बसेको सर्वदलीय बैठकले सो कार्यसूची निर्माण गरेको थियो ।
प्रदेशसभाको विषयगत समितिमा दलहरुबीच सहमति जुटन नसक्दा मुख्यमन्त्री शालकराम जमकट्टेलले विश्वासको मत लिएयता बैठक सुचारु हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व’
पुष २९, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार