सरकारले आश्वसन मात्र दिएको भन्दै रञ्जिता आक्रोशित, भन्छिन्- दह्रो पिल्लरमा २/४ घन हिर्काउनु दुस्साहस मात्र
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १८:३८:५४
२६ माघ, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले डिल्लीबजार कारागारमा रहेका पति रेशम चौधरी लागयत टिकापुर घटनाका आरोपित थारु नेताहरुको रिहाइ नहुँदासम्म सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने अडान लिएकी छिन् ।
सुदुरपश्चिममा मुख्यमन्त्री एमालेका राजेन्द्र सिंह रावलले आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा पद जोगाउन विश्वासको मत लिँदैछन् । त्यसको केही मिनेटअघि मात्र उनले सामाजिक संजालमार्फत अध्यक्ष श्रेष्ठले आफू र सहयोद्धहरु सहिद हुन तयार हुने तर हार्न र परिचय मर्न नदिने प्रतिवद्धता जनाएकी छन् ।
उनले पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग काठमाडौंमा रहेको जानकारी दिन उनले आधा घण्टा अगाडिमात्र प्रदेशका ७ सांसदसँग खिचिएको तस्बिर पोष्ट गरेकी छन् । तस्बिर पोष्ट गर्दै उनले आत्मसमर्पण त हार्नेहरुले गर्छन् भन्दै आफूहरु बरु सहिद तयार हुने तर परिचय र अधिकार मर्न नदिने अडान दोहोर्याएकी छन् ।
उनले नागरिक उनमुक्ति पार्टीसँग केहीले पनि हल्लाउन नसकिने दह्रो पिल्लर रहेको बताउँदै त्यसमा दुई चार घन हिर्काउनु दुस्साहस मात्र हुने चेतावनी दिएका छन् । बुधबार बेलुका मात्र एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा अध्यक्ष श्रेष्ठ लगायत नेताहरुलाई बोलाएर आज हुने विश्वासको मतदानमा एमालेबाट मुख्यमन्त्री बनेका रावललाई मत दिन आग्रह गरेका थिए । तर उनले आग्रहलाई अस्वीकार गरेकी छन् ।
‘हार्नेहरुले हो आत्मसमर्पण गर्ने। योद्धाहरु त सहिद भएर मर्छन्, ‘र, परिचय मर्न दिँदैनन्’ उनले बिहीबार फेसबुक पेजमा लेखेकी छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने अन्तिम दिन, नाउपाका सांसद काठमाडौंमै छन् ।
उनले देश समृद्धि र शासन प्रणालीमा समानुपातिक सहभागिता आफूहरुको लक्ष्य रहेको भन्दै एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक ओरालो लाग्ने बताएकी छन् ।
उनले आफूहरुको माग विद्रोह नभइ समृद्धि भएको स्पष्ट पार्दै भनेकी छन्– ‘देश मागेर विद्रोह हाम्रो माग होइन,’ श्रेष्ठले लेखेकी छन्, ‘मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो। हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौं ।’
टिकापुर घटनामा दोषी ठहर भई जेल डिल्लीबजार कागारमा सजाय काटिरहेका पार्टीका संस्थापक रेशम चौधरीसँग विश्वासको मतबारे सोमबारा गरिएको छलफलले पार्टीले उठाएको मागप्रति सरकार उदासिन बनेको निष्कर्षसहित मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही मुताविक रेशमले सुदूरपश्चिमका आफ सांसदहरुलाई बिहीबार काठमाडौं नटछाड्न निर्देशन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार
संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध माग्यो उजुरी
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार