थुम्काडाँडामा शिल्पी सङ्ग्रहालय निर्माण
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १७:४१:२९
२९ माघ, लमजुङ । लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण गरिएको छ ।
बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले थुम्का डाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने बताए।
संग्राहालय ३८ लाख लागतमा निर्माण भएको हो । पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयहरूबाट सहयोग प्राप्त भएको शिल्पी संग्रहालयका अध्यक्ष अजय मजाकोटीले बताए ।
संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेसीशहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकासकोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष मजाकोटीले बताए । उनका अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समूह, युवा क्लबबाट सङ्ग्रहालय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ रकम संकलन भएको थियो ।
पहाडी दलितहरुलाई फोकस गरेर पूर्वजहरुले बनाएका बस्तुहरु संग्राहलयमा राखिएको छ । आगामी दिनहरुमा सङ्ग्रहालयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरुको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार