मुख्यमन्त्री शाहले भेटे सभापति देउवालाई, विश्वासकाे मत जुटाउन नाउपासँग छलफल
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १७:५२:४३
२९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । मुख्यमन्त्रीमा शपथ खाएको दुई दिनपछि देउवाकै बोलावटमा शनिबार काठमाडौं आएपुगेका उनले आइतबार बिहान सभापति देउवासँग भेट गरेका हुन् ।
उनी एमालेको सरकार ढलेपछि शुक्रबार मात्र मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । भेटमा देउवा बधाई शुभकामना दिएका थिए ।नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री शाहले काठमाडौ आएर नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित प्रदेश सांसदहरुलाई भेट गरेका छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री बन्न २७ जना प्रदेशसभा सदइस्यको समर्थन आवश्यक पर्छ । नियुक्तिका बेला २९ सदस्यको समर्थन पाएका रावलले विश्वासको मत लिँदा २२ मत पाएका थिए । अब कांग्रेसका शाहलाई आफ्ना पक्षका १९, एकीकृत समाजबादीका ४ र स्वतन्त्र १ मत गरी २४ मत छन् । विश्वासको मत पाउन उनले ७ मत रहेको नागरिक उन्मुक्ति र ११ मत रहेको माओवादी केन्द्रको साथ लिनुपर्ने हुन्छ । माओवादी केन्द्रले त सरकार ढलेलगत्तै शाहलाई विश्वासको मत नदिने बताइसकेको छ ।
तर नाउपाले भने निर्णय लिइसकेको छैन । उसको मुख्य मात्र भनको रेशम चौधरी लगायत टिकापुर घटनाका सबै आरोपी थारु नेताहरु जेलबाट रिहा हुनुपर्ने माग छ । शाहले आगामी फागुक २६ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।
एकीकृत समाजवादीका एक सहित उनले ३ सदस्ययीय मन्त्रिपरिषद गठन गरिसकेका छन् । नाउपा सरकारलाइ तत्काल राम्राे मन्त्रालय दिएर सरकारमा ल्याउने याेजनामा शाह छन् । यसका लागि पहल गर्न सभापति देउवासँगकाे भेटमा उनले अनुराेध गरेका छन् । शाहले शनिबार नै रेशमकाे घरमा पुगेर परिवारसँग भेट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार