गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको छ, राष्ट्रपतिबारे विवाद छैन : लिङ्देन
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १८:२४:४९
२९ माघ, काठमाडौं । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।
“सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो । आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ”, उनले भने ।
बैठकले नियमितरुपमा यसप्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ । राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरु कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।
बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, उनले भने ।
बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उनको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा ‘एमाले’का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।
गत १० पुषमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो । तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक ‘कोर्ष’ अघि बढेको भन्दै ओली र प्रधानमन्त्री प्रचण्डबीच आशंका उत्पन्न भएको छ ।
आज बसेको संयन्त्रको बैठकपछि अध्यक्ष लिङ्देनले राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् । संयन्त्रको बैठकमा सरकारका कामकारवाहीको समीक्षा गरिएको जानकारी दिएका उनले गठबन्धनमा फाटो आउन नदिने समझदारी जुटेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार