डेढ महिना अघि बाँकेमा देखिएको दादुरा संक्रमण ६ जिल्लामा पुग्यो
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १४:५२:३४
१ फागुन, काठमाडौं । डेढ महिना अघि बाँकेमा देखा परेको दादुरा संक्रमण हाल कर्णाली र सुदूरपश्चिमका ६ जिल्लामा देखा परेको छ । गत पुष १२ गतेदेखि गते बाँकेमा देखा परेको दादुरा अहिले कर्णाली र सुदुरपश्चिमका ६ जिल्लामा देखा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली र कञ्चनपुरमा दादुराको संक्रमण भएका बिरामी फेला परेका छन्, जसअनुसार आइतबार अबेरसम्म ३ सय ९२ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ ।
यसरी संक्रमित हुनेमध्ये ८२ प्रतिशत बाँके जिल्लाका बालबालिका रहेको स्वास्थ्य मन्त्रालयको अधिकारीहरुले जनाएका छन । मन्त्रालयका अनुसार ९१ प्रतिशत संक्रमित १५ वर्षमुनिका छन् भने संक्रमितमध्ये अधिकांशले दादुरा विरुद्धको खोप नलगाएको भेटिएको छ ।
प्रभावित जिल्लाहरुमा १० देखि ६१ प्रतिशत बालबालिका दादुराको जोखिममा रहेको जनाउँदै मन्त्रालयले कर्णाली र सुदूरपशिचमका जिल्लाहरुमा बिरूद्द खोप अभियानलाई तिब्र पारिएको मन्त्रालयले जानकारी दिएको छ । दादुरा संक्रमणबाट एक महिनाअघि नेपालगञ्ज– ५ मा दुई वर्षीय बालकको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार