चिसापानी बजारबाट म्याद गुज्रेका खाद्यवस्तु जफत
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १६:२८:४५
१ फागुन, खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा भारी मात्रामा म्याद गुज्रेका खाद्यवस्तु फेला परेको छ । बजार अनुगमन अधिकृत रहेका ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राई संयोजकत्वको अनुगमन टोलीले आइतबार गरेको बजार अनुगमनका क्रममा ३९ हजार ३०८ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थदेखि, विस्कुट, चिउरा, खानेतेल, सस, मसला, फुरन दाना लगायतका खाद्य सामग्री जफत गरेर नष्ट गरेको छ ।
बजार अनुगमनका क्रममा म्याद नाघेको खानेतेल, चिजवल, सस, एचवि बम, कुरुम चिउरा, धुलो खुर्सानी, बेसार, मिक्स मसला, जिरा, हजमोला, सरफ, मेहेन्दी, भ्यासलिन, लिपगार्ड, फुरन दाना, विस्कुट, सुजी, आटा, सन्चो लगायतका २६ प्रकारको सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ । गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारमा ७ हजार ७४० रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ भेटिएको थियो ।
म्याद नाघेको सामग्रीलाई संकलन गरेर चिसापानीकै विपि चोकमा जलाएर नष्ट गरिएको खोटेहाङ गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिकाका अनुगमन समिति संयोजक रुपेश राईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार