सामुदायिक वनमा संरक्षण पोखरी निर्माण
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १७:५५:२४
१ फागुन, त्रिवेणी । नवलपरासी ‘बर्दघाट सुस्तापूर्व’ नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत राजमार्ग छेउका वनमा पोखरी निर्माणका लागि बजेट उपलब्ध गराइएको हो । सडक विस्तारका क्रममा रूख कटान गरिएका सामुदायिक वनलाई क्षतिपूर्तिस्वरुप जैविक विविधता संरक्षण गर्न बजेट प्रदान गरिएको हो ।
डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार राजमार्गसँग जोडिएका २७ सामुदायिक वनलाई जैविक विविधता संरक्षण गर्ने योजना पेश गर्न भनिएको थियो ।
आयोजनले सुरुमै रूख कटान गर्दा कुन–कुन क्षेत्रमा असर गर्छ भन्ने अध्ययन गरेको थियो । उनले भने, “अध्ययनले वन्यजन्तु र वातावरणमा असर पर्ने देखायो । यसलाई मध्यनजर गरी जैविक विविधता संरक्षणअन्तर्गत वातावरणमैत्री, वन्यजन्तुमैत्री कार्य गर्न सामुदायिक वनसँग योजना माग्यौँ, धेरैले संरक्षण पोखरी निर्माणको योजना पेश गरे । सोही कार्य अहिले भएको हो ।”
राजमार्गमा पर्ने २७ सामुदायिक वनमध्ये २६सामुदायिक वनले संरक्षण पोखरी निर्माण र एउटा सामुदायिक वनले मेसवालसहितको तारजाली लगाउने योजना पेश गरेका थिए । सोहीअनुसार प्रत्येक सामुदायिक वनलाई रु तीन लाख प्रदान गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए । सात सामुदायिक वनले पोखरी निर्माण सम्पन्न गरिसकेका छन् । मेसवालसहितको तारजाली लगाउने कार्य पनि सकिएको छ । बाँकी रहेका १९ वटा सामुदायिक वनमा संरक्षण पोखरी निर्माण कार्य भइरहेको उनले बताए। बाँकी रहेका सबैले दुई महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ छ । “पोखरी निर्माण गर्ने योजनाअनुसार केही निर्माण सम्पन्न भएका छन्, कतिपय वनमा पोखरी निर्माणको अवस्थामा रहेका छन्”, उनले भने।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका क्रममा वन क्षेत्रमा वन्यजन्तु वारपारका लागि जैविक मार्गसमेत निर्माण हुने आयोजनाले जनाएको छ । पानी निकासका लागि बनाइएका कल्भट तथा पुललाई वन्यजन्तु वारपार गर्न सक्ने गरी निर्माण गरिने आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका क्रममा करिब ३६ हजार रुख कटान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार