बीमा रकम निकाल्ने याेजनामा चालकले लगाए गाडीमा आगाे
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २०:१०:५७
१ फागुन, काठमाडौं । बर्दियामा बीमा गरेको रकम निकाल्ने योजनामा एक चालकले आफैंले चलाएको गाडीमा आगो लगाएर ध्वस्त पारेको घटना खुलासा भएको छ ।
आइतबार राति २ बजे जिल्लाको मधुवन नगरपालिका–४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा फेला पारिएको थियो ।
गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा सुनियोजित रुपमा चालकले आगो लगाएको पाइएपछि प्रहरीले चालकलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी रहेका छन् । बयानमा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने देखिएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यले आगजनी गरेको खुलेको प्रहरीले जनाएको छ ।
सुरुमा गाडीलाई जिपको सहायताले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्याएर डिजेल छर्केर आगजनी गरेका थिए । आगजनीबाट गाडी पूर्णरुपमा नष्ट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
चीनमा स्मार्ट फोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
माघ ३, २०८१ बिहिबार