भारतीय विदेश सचिव क्वात्राले सीके राउतसँग किन भेटदैछन् ?
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २०:५५:२१
१ फागुन, काठमाडौं । दुई दिने भ्रमणका लागि सोमबार नेपाल आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालमा रहँदा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग पनि भेट गर्ने भएका छन् ।
क्वात्राले यहाँ आइपुग्नेबित्तिकै परराष्ट्र सचिव भरतराज पौड्यालसँगको सचिवस्रतीय बैठक गरेका छन् । बैठक सकिएको छ । क्वात्राले सोमबार नै परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम छ ।
उनले सत्ता साझेदार दलहरुसँग अलगअलग भेट गर्दैछन् । सोही क्रममा उनले अध्यक्ष राउतसँग पनि भेट गर्ने भएका छन् । राउत भारतसँग सीमाना जोडिएको नेपालको तराई भूभागलाई अलग्गै राज्य बनाउनुपर्ने विखण्डनकारी माग राख्दै दुई वर्षपहिलेसम्म भूमिगत गतिविधि गरिहेकै अवस्थाबीच २०७७ माघमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरी विखण्डनकारी नारा त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका थिए ।
अहिले उनी सप्तरीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर उनको पार्टीबाट सरकारमा मन्त्री छन् । उनीबाट छुटिएका केशव समूहले भने राउत संसदीय भासमा फसेको भन्दै पहिलेकै विखण्डनकारी नारा बोकेर पुनः अर्धभूमिगत गतिविधि सुरु गरेको अवस्था छ ।
सरकारलाई समर्थन गरेर सकारमै सहभागी भएको अवस्थामा पनि पछिल्लो समयमा राउत साझेदार दलहरुको बैठकमा सहाभागी हुन छाडेका छन् । सरकारमा सहभागी ठूला दल एमाले र माओावदी केन्द्रले मन्त्रालय भागबण्डामा मनपर्दी गरेको भन्दै असन्तुष्ट रहेका उनले आफ्नै पार्टी बैठक राखेर सरकारको कामकारबाहीको समीक्षा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्री
माघ ३, २०८१ बिहिबार
बडूलाई बनाइयो कांग्रेस संसदीय दल अनुशासन समितिको संयोजक
माघ ३, २०८१ बिहिबार
माछा मात्रै मार्ने बोटे समुदायले 'होम स्टे' चलाए पछि प्रचण्ड प्रफुल्ल
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार