ट्राफिक नियमविरुद्धको प्रदर्शनमा यातायात मजदुरले जलाए प्रहरीको गाडी
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २३:४५:२५
१ फागुन, काठमाडौं । ट्राफिक नियम यातायात मजदुरको हितविरुद्ध रहेको भन्दै बालाजुको माछापोखरी क्षेत्रमा सडकमा बस तेस्र्याएर गरिएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले प्रहरीको गाडी जलाइदिएका छन् ।
अवरुद्ध सडक खुलाउन खटिएका प्रहरी सवार गाडीलाई उनीहरुले केहीबेर अघि घेरा हालेर आगो लगाइदिएका हुन् । प्रदर्शन दिउँसोबाटै सुरु भएको थियो । गाडी पूर्णरूपमा नष्ट भएकाे छ ।
प्रदर्शनमा सयौं संख्यामा यातायात व्यवसायी तथा मजदुरहरू सहभागी छन् । उनीहरुले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडप अहिले उग्र बन्दै गएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं थान अश्रुग्याँस सेल प्रहार गरेको छ । बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् । नियम बनाउन काठमाडौं महानगरले समेत साथ दिएको छ ।
उनीहरुले सामान्य गल्तीमा समेत ट्राफिकले १५०० रुपैयाँ जरिवाना गरेको भन्दै हटाउन माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
माघ २, २०८१ बुधबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार