ह्याप्पी भ्यालेन्टाइन डे, माया !!
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १८:९:१२
स्वइच्छा महर्जन
२ फागुन, काठमाडाैं । आज १४ फेब्रुअरी अथात् ‘भ्यालेन्टाइन डे’ जसलाई प्रेम दिवस अथवा प्रणय दिवसपनि भनिन्छ । भ्यालेन्टाइन डेलाई प्रेम, मित्रता र प्रशंसाको रुपमा मनाउने वार्षिक उत्सव पनि भन्न सकिन्छ । यसदिन विश्वभर परिवार र साथीहरूलाई प्रेम र स्नेहको सन्देश र उपहार दिई मनाउने गर्दछन् । विशेष गरी प्रेम दिवस अथवा प्रणय दिवसलाई युवायुवतीले ठूलो चार्डका रुपमा मनाउने गरेका छन् ।
पछिल्लो समय युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । प्रेमी प्रेमिकाले प्रेम प्रस्ताव राख्ने र आपसमा आफ्नो भावनालाई प्रस्तुत गरि माया साटासाट गरि मनाउने गर्दछन् । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ ।
पश्चिम देशहरुमा मनाइँदै आएको यो चार्ड अहिले नेपालमा पनि धेरैले युवा युवतीले मनाउने गरेका छन् । हुन त माया गर्नेका लागि भ्यालेन्टाइन डे नै आउनु पर्छ भन्ने छैन, माया गर्नेहरुका लागि वर्षभरी नै भ्यालेन्टाइन डे हुन्छ । माया भनेको एउटा अदभूत शक्ति हो जुन हामीले न देखाउन सक्छौ न त तौलिन नै सक्छौ केबल महशुस गर्न सक्छौ । यो फिक्का संसारलाई मायाले नै रङ्गाई रहेकाे छ । यदि माया नभएको भए संसार अधुरो हुन्थ्यो होला ।
भनिन्छ नि, मायामा न जात नै हुन्छ न कुनै सीमा नै । माया आफैमा भित्री भाव स्नेह हुन्छ । माया अन्धो हुन्छ, मायामा सबै कुरा जायज हुन्छ । मायामा रोमान्स हुन्छ, मायामा भित्री भाव हुन्छ । माया र्सिफ माया नै हुन्छ । तेसैले त माया, तिम्रो मायाको नसाले मलाई लठठ्ई पारेको छ । जब तिमीले माया भनेर बोलाउछौ नि तब मेरो मुटुको ढुकढुकी बढ्न थाल्छ, मनमा नयाँ उत्साह र उमंग छाउछ। तिम्रो त्यो ‘माया’ शब्दले मेरो दिन नै बद्लन्छ । म मौन छु, म आफ्नो भावना सुनाउदिन होला तर यसको मतलब यो होइन कि मेरो केही भन्नु छैन, मेरो कुनै भावना नै छैन ।
म तिमीलाई जहिले ‘आई लभ यु’ नभनुला तर यसको मतलब यो होइन कि म तिमीलाई माया नै गर्दिन । भन्निन्छ नि, जिन्दगीमा आश लाग्ने कुराहरू धेरै हुन्छन तर खास लाग्ने मान्छे भने कुनै एकमात्र । मेरो जीवनमा पनि खास मान्छे तिमी नै हौ । तिमीलाई अथाह माया गर्ने मेरो सपना कहिले अपुरो नहोस् । मेरो दिनको सुरुवात र अन्त्य सधैं तिमीसँगै होस् । तिम्रो हरेक दुख र सुखको पाइलामा मेरो साथ रहने छ । हाम्रो मायाको खोला सधैं यसरी नै बगिरहोस् । हाम्रो मायाको बगैंचा सधैं यसरी रङ्गाइरहोस्। तिमी जता भए पनि मेरो धेरै माया अनि धेरै सम्झना है !! “ह्याप्पी भ्यालेन्टाइन डे, माया !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार