द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि हातपात
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १८:२:५९
२ फागुन, गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ । जनयुद्ध दिवसको विरूद्धमा हुने गरी दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको सन्देशलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका हुन् ।
इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेको बताइएको छ । आफूले संस्था नभई व्यक्तिगत विचार राखेको, तर त्यसैलाई आधार बनाएर आफूमाथि कुटपिट समेत भएको दुवाडीले बताए ।
दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा क्रान्तिकारीको क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो । कुटपिटपछि १२ घण्टाभित्र सार्वजनिक रुपमा माफी माग्न विद्यार्थीले चेतावनी दिएका छन् ।
जनयुद्ध दिवसको दिन हिजो फागुन १ गते सोमबार सरकारले सार्वजनिक बिदा दिएको थियो । जसकाे समर्थन र विराेध दुवै पक्षमा मत देखिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार