बालाजु घटनाबारे काठमाडौंका सीडीओले भने- घटनामा संलग्नलाई कारबाही हुन्छ
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार १९:१:३५
२ फागुन, काठमाडौं । काठमाडौं जिल्ला प्रमु्ख अधिकारी (सीडीओ) घनश्याम उपाध्यायले सोमबार बालाजुस्थित नयाँ बसपार्क र माछा पोखरी क्षेत्रमा भएको घटनाका दोषीलाई कारबाही हुने बाएका छन् । घटनामाथि प्रशासनले सुक्ष्म ढंगबाट छानबिन गर्ने उनले बताए ।
नयाँ बसपार्क भित्रको घटना र यातायात मजदुरले माछा पोखरीमा गरेको प्रदर्शनमा अवाञ्छित गतिविधि भएको उनको भनाइ छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिको व्यवस्थापनमा रहेको नयाँ बसपार्कमा सोमबार यातायात मजदुरले कार्यक्रम गर्न खोज्दा ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवर सहितले आक्रमण गरेपछि झडपको अवस्था आएको मजदुर सङ्गठनहरूको दाबी छ । घटनाको सम्पूर्ण जिम्मेवारी ल्होत्सेका संचालक र कर्मचारीले लिनुपर्ने उनीहरुको भनाइ छ ।
फागुन १ मा माछा पोखरीमा मजदुरहरूले गरेको प्रदर्शनको क्रममा प्रहरीको २ वटा स्कार्पियो पिकअप भ्यान पल्टाएर आगजनी गरी ध्वस्त बनाएका छन् । एक समूहले ल्होत्से मलको मोबाइल पसल प्रवेश गरेर मोवाइल लुटपाट गरेका छन् । लुटपाटबाट १० करोड मूल्यको क्षति पुगेको नेपाल मोवाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
प्रदर्शनमा इन्स्पेक्टर शेरबहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् । कुटपिट र आगजनीमा संलग्न जो कोहीमाथि कारबाही गरिने सीडीओ उपाध्ययाले बताए । लुटपाटकाे दृष्य मलमा राखिएका सीसीटीभीमा कैद भएका छन् । साे दृष्य सामाजिक संजालमा समेत पाेष्ट भइसकेका छन् ।
सामान्य गल्तीमा पनि ट्राफिकले १५०० रुपैयाँ जरिवाना तोकेर यातायात व्यवसायी र मजदुरलाई हैरानी दिएको भन्दै हटाउन माग गर्दै सोमबार यातायात मजदुरहरुले बालाजुको माछापोखरी क्षेत्रमा बस तेर्स्याएर आन्दोलन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार