भारतको बैरगनियाँ स्टेशनमा नेपाली तीर्थयात्रीमाथि आक्रमण
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २०:६:४३
२ फागुन, काठमाडाैं । भारत बिहारको बैरगनियाँ स्टेशनमा नेपालीमाथि दुर्व्यवहार साथै कुटपिट भएको छ । बैरगनिया स्टेशनमा एक भारतीय युवकले एक नेपालीलाई दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।
भारत बिहारको बैरगनिया स्टेशनमा रेलको डब्बाको ढोका चाँडै नखोलेको भन्दै अपरिचित भारतीय युवकले बाराका एक जना कावरियामाथि कुटपिट गरेका हुन् । अपशब्द प्रयोग गर्दै ती व्यक्तिले झ्याल बाहिरबाट प्रहार गरेको लाठी लागेर बाराको उत्तरझिटकैयाका भान्साका कावरिया जयप्रकाश मण्डल घाइते भएको कावर टोलीमा सहभागी किसुन पटेलले जानकारी दिए ।
आक्रमणबाट कावरिया मण्डलको बायाँ हातको कान्छी औँला काटिएको उनले बताए । लाठी प्रहार गर्ने युवकलाई पक्राउ गर्न बिहार प्रहरी मुकदर्शक बनेपछि उनी फरार बनेको पीडित कावरिया मण्डलले गुनासो गरे ।
भारतको तीर्थ यात्रामा बाराबाट निस्केका नेपाली कारवरियामाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान गरेर कानुनी कारबाही गर्न कावरियाहरुले भारतीय सुरक्षा अधिकारीसँग आग्रह गरेका छन् । उनीहरुले रेल यात्राको क्रममा यसअघि पनि नेपालीमाथि पटक पटक भारतीयहरुले दुर्व्यवहार गर्ने गरेको भन्दै आक्राेश पोखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जिवितै उद्धार, ७८ शव निकालियो
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार