सडकमा तेर्स्याइएका बसकाे अवराेधका कारण जाेगाउन नसकेकाे प्रहरीकाे प्रारम्भिक अनुमान
नेपालबहस संवाददाता
फागुन २, २०७९ मंगलबार २३:४६:५७
२ फागुन, काठमाडौं । बालाजुको नयाँ बसपार्क र माछापोखरीमा सोमबार यातायात मजदुरले गरेको प्रदर्शनमा प्रहरीतर्फ क्षति पुगेको छ । धन्न मानवीय क्षति भने हुन पाएन । अनुमान नै नगरिएको स्तरमा भएको प्रदर्शनमा प्रहरीको दुई वपपटा भ्यान जलेर नष्ट भएका छन् ।
यातायात व्यवसायी र मजदुरहरुलाई हैरानी बनाउने किसिमका ट्राफिक नियम हटाउनुपर्ने, सार्वजनिक यातायातका सवारी साधन पार्किङ लगायत विषयमा १० बुँदे माग राखेर मजदुर नेताहरु सरकारसँग माग राख्न जानेबारे तयारी भइरहेको थियो । सोही विषयलाई नयाँ बसपार्क भित्र सो कार्यक्रम आयोजना गरेर जानकारी गराउने योजनामा बसपार्क संचालन गर्दै आइरहेको ठेकेदार ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, मंकज मल्लसहितका समूहले आक्रमण गरेपछि मजदुरहरु एकाएक आक्रोशित बन्न पुगे ।
सडकमा निस्केनर सडकमा गुडिरहेका सवारीसाधनमाथि जथाभावी आक्रमण र ढुंगा प्रहार सुरु गरे । आन्दोलन चिकँदै गएपछि प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अङ्गुर जिसीले छलफल गराएर समस्याको हल खोज्दै थिए । बसपार्क भित्र छलफल हुँदाहुँदै मजदुरहरूले माछापोखरी चोकमा गाडी तेर्स्याएर सडक अवरुद्ध गरिसकेका थिए ।
आफूहरुको माग पूरा नभएसम्म गाडी नहटाउने भन्ने अवस्थामा उनीहरु पुगे । त्यसपछि सडक खुलाउने प्रयास गर्दागर्दै भीडले माछापोखरी क्षेत्र रणभूमि बनाइसकेका थिए ।
माछापोखरीमा जम्मा भएको समूहले पार्किङ गरिराखेको प्रहरीको गाडीमा तोडफोड गर्दै पल्टाए । केही आगो लगाइहाले । गाडी दन्दनी बल्योे । क्षणभरमै खरानी भए । आगोले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कोर्पियो जले । सोही वृत्तको बा १ झ ७२२४ नम्बरको माज्दा गाडी पनि जल्यो । पल्टाउने र जलाउने कार्यमा संलग्न सबै युवा पंक्ति देखिएको छ ।
सो घटना प्रहरीले सोच्दैनसोचेको अवस्थामाा पुन हुग्यो । अधिकारीहरु सडक खुलाउने विषयमा छलफलमा जुटिरहेकै बेला ल्होत्सेका संचालकसँगको झडपले आन्दोनलकारी क्षणभरैमै आवेगमा पुगे र जजर्बस्तीमा उत्रिए । त्यही कारण प्रहरीले सामान्य अवस्थामा पार्किङ गरिराखेको गाडी बचाउन सकेनन् ।
बस रोकेर सडक अवरुद्ध गरेको हुनाले प्रहरीको गाडी पनि रोकिएको र सोही मौकामा प्रदशर्नकारीले आगजनी गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।
आगजनी र मोवाइल पसल फोडेर लुटपाटमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले प्रहरी प्रमुखलाई आजै मात्र निर्देशन दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने दुई जना पक्राउ
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
नेपालबहस संवाददाता
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो १ करोड २ लाख सम्पत्ति कर
माघ ३, २०८१ बिहिबार
तालिका बनाएर हप्तामा २ दिन नागरिकका गुनासो र सुझाव लिन मन्त्रीहरुलाई निर्देशन
माघ ३, २०८१ बिहिबार
कम्युनिष्ट नेताहरुको जीवनशैलीमा आएको विचलनले मुलुक अगाडि बढ्न सकेनः माधव नेपाल
माघ ३, २०८१ बिहिबार
पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार