माओवादीको ‘राष्ट्रिय सहमति’ले एमालेमा संशय, राष्ट्रपतिको निर्वाचनसम्म चुपचाप रहने
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १८:६:४०
३ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचनमा एमालेको एकल बहुमत नहुने अवस्था आएपछि यतिबेला एमालेका सबै नेताहरु चुपचाप बसेका छन् । नेकपा एमालेले राष्ट्रपति निर्वाचनसम्म कुनै पनि राजनीतिक दललाई आरोप प्रत्यारोप नगर्ने नीति अनुरुप चुपचाप बसेका हुन् ।
माओवादी केन्द्रले पूर्वसहमति विपरीत राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्दै आएपछि संशयमा रहेको नेकपा एमाले चुपचाप बसेको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुअघि पुष १० गतेको समझदारीबाट माओवादी केन्द्र पछि हटेमा बाहेक नयाँ राष्ट्रपति विपक्षी गठबन्धनबाट निर्वाचित हुने सम्भावना देखिँदैन । ‘माओवादीले धोका दिए मात्रै एमालेका लागि संकट आउनेछ नत्र राष्ट्रपतिमा एमालेकै नेताले जीत हासिल गर्नेछन्’, एमालेका एक उच्च नेताले भने ।
राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सदस्यहरू मतदाता हुने कानुनी व्यवस्था छ । दलहरूको प्रतिनिधि संख्या र मतभार हेर्दा प्रतिनिधिसभामा ३२, राष्ट्रियसभामा १६ र सातै प्रदेशमा गरी ८२ सीट भएको माओवादी केन्द्र निर्णायक हुने अवस्था देखिएको हो । प्रतिनिधिसभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका ८९ जना सदस्यको मतभार ७ हजार ३१ हुन आउँछ । त्यसैगरी नेकपा एकीकृत समाजवादी (नेकपा एस) का १० जना सदस्यको मतभार ७९० हुनेछ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ३१६, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को २३७, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) मा एकएकजना सदस्यको गरी १५८ मतभार हुन आउँछ । यी सरकारबाहिर रहेका दलहरू हुन ्। स्वतन्त्रमा पाँचजना सांसद छन् । उनीहरूको मतभार ३९५ हुन आउँछ । स्वतन्त्र सांसद राष्ट्रपतिको सत्ता गठबन्धन वा प्रमुख विपक्षी दलका उम्मेदवारलाई मत दिने भन्ने विषयमा खुलेका छैनन् । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का १२ जना सदस्यमा रहेका र यसबराबरको ९४८ मतभार कुन उम्मेदवारको पक्षमा जान्छ भन्ने पनि खुलेको छैन ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको गठबन्धन आउने राष्ट्रपति निर्वाचनसम्म हो भन्ने अभिव्यक्ति दिएपछि एमाले झन संकित बनेको छ । माओवादीले पनि राष्ट्रिय सहमतिको प्रस्ताव गर्नु र जसपाले त्यस्तो अभिव्यक्ति दिनुले एमालेका कुनै पनि नेताहरुले कांग्रेसबाहेक अन्य दलका नेताहरुको आलोचना गरेका छैनन । ‘अहिलेको अवस्थामा सबै राजनीतिक दलहरुले राष्ट्रपतिको निर्वाचन कुरिरहेका छन् यदि अवस्था विग्रेन भने एमालेबाटै राष्ट्रपति हुने अवस्था आउछ, त्यसबेला एमालेले विगतमा गरेका प्रतिकुल प्रयोगलाई ध्यान दिनुपर्ने हुन्छ’, एमालेका ती नेताको भनाई छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विद्यार्थी संगठन अनेरास्ववियूको राष्ट्रिय महाधिवेशनको सम्बोधनको क्रममा पनि अन्य दलको आलोचना गर्नुको साटो आफ्नो दल राष्ट्रवादी भएको भन्दै राष्ट्रियताको विषय अघि सारेर भावानात्मक अभिव्यक्ति दिएका थिए । भारतीय विदेश सचिव नेपाल भ्रमणमै रहेका बेला उनले एमालेबाहेक अर्को कुनै दल राष्ट्रवादी नभएको राष्ट्रको पहरेदार एमालेमात्रै भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनले वर्तमान सत्ता गठबन्धन भत्किन सक्ने बताउँदै त्यसबाट कोही कसैले आश्चर्य नमान्न पनि आग्रह गरेका थिए
एमाले यतिबेला ‘ग्रासरुट’ अभियानमा लागेको छ । गाउँ पालिका तहमै केन्द्रीय नेताहरु जाने र त्यहाँको अवस्थाबारे बुझ्ने गरेका छन् । यस्तो बेलामा राष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भएको छैन । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा सचिवालय तहमा छलफल गर्ने ओलीको सोचाई रहेको छ । जसले गर्दा नेताहरुलाई संगठन निर्माणमा पठाएर सचिवलायको बैठक राख्ने र सामान्य छलफल गर्ने एमाले अध्यक्षको सोचाई रहेको स्रोतको दावी छ । राष्ट्रपतिको उम्मेदवार हुने एमालेको पात्र को भन्ने प्रष्ट छैन् ।
प्रचण्डले पनि दलीय नेतालाई राष्ट्रपति बनाउँदा पाएको दुःखबारे पार्टीमा लामो व्याख्या गरिरहेका छन्, जसले गर्दा सहजै ओलीले प्रस्ताव गरेको पात्रलाई स्वीकार गर्ने संकेत देखाएका छैनन् । उनले कांगे्रस लगायतका दलहरुलाई अघि सारेर राष्ट्रिय सहमतिका ेलागि प्रयास गरिरहेका छन् । सत्ता गठबन्धन दलबीच पनि राष्ट्रपतिको विषयमा साझा उम्मेदवार तय गर्ने वा नगर्ने भन्ने निक्र्योल भइसकेको छैन । यसकारण पनि माओवादी केन्द्रको मत निर्णायक हुने देखिएको हो ।
प्रतिनिधिसभाको मतभार मात्रै हेर्दा गठबन्धनमा रहेका नेकपा एमालेको ६ हजार १६२, माओवादी केन्द्रको २ हजार ५२८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ हजार १०६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १ हजार ५८० मतभार रहेको छ । यी दलहरूको प्रतिनिधिसभामा मात्रै ११ हजार ८५० मतभार हुन आउँछ । यीबाहेक अन्य सबै दलको मतभार हेर्दा ९ हजार ८७५ हुन आउँछ । त्यसकारण एमाले र अध्यक्ष ओलीका लागि अहिलेको परिस्थिति असहज बन्दै गएको छ । ‘परिस्थिति असहज बनेकै बेला एमालेमाथि प्रहार हुन थालेको जो सहज छैन’, एमालेका एक नेताले भने ‘यस्तो बेलामा नकारात्मक टिप्पणीले परिस्थितिलाई झन भड्काउनेछ । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार