डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १९:२२:३९
३ फागुन, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एआईजी बढुवा प्रक्रियामा सिंहले जन्ममिति, शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा उल्लेख उमेर नक्कली बनाएको दाबीसहित अख्तियारमा उजुरी परेको हो । नागरिकता जारी भएको मिति लगायत सम्पूर्ण कागजात झिकाई अनुसन्धान गर्न उनले माग गरेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका सिंहले जन्म मिति सच्याउँदै नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरेर जागिर खाएको जिकिरसहित छानबिन गर्न बुधबार अख्तियारमा दर्ता भएको उजुरीमा उलेख छ ।
सिंहविरुद्ध यो उजु्री काठमाडौंको बागबजारका विश्वप्रकाश भेटवालले दिएका हुन् । उजुरीमा सिंहले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएको छ। गृहसचिवसमेत रहेका भाइ विनोदप्रकाश सिंह नै ५७ वर्ष पुगिसकेकाले अशोक सिंह ५८ नाघिसकेको दाबी उजुरीमा गरिएको छ ।
उजुरीमा सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा पेस गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको पनि जिकिर गरिएको छ। भारतको लखनउस्थित कलेजमा पढेको भनिएको शैक्षिक प्रमाण पत्र नै नक्कली रहेको उजुरी छ । सिंहको शैक्षिक प्रमाणपत्रमा उल्लेखित उनले पढ्दै नपढेकाले त्यो शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी छ । उक्त प्रमाणपत्र नेपालभित्र कुनैपनि संस्थासँग पुनजाँच नगरिएको दाबी उजुरीमा छ ।
काठमाडौं प्रहरी प्रमुख समेत भइसकेका सिंहमाथि भेटवालले उमेर सच्याएको आरोप लगाएका छन् । उमेर सच्याएकै कारण सिंह पदमा रहेको दाबी गर्दै वास्तविक उमेरले उनी ५६ वर्षे उमेर हद पार गरेर अवकाश भइसक्ने दाबी गरिएको छ ।
गृहसचिव विनोदप्रकाश सिंहले आफैं बढुवासमितिको संयोजक बसेर भाइ नाता पर्ने अशोक सिंहलाई एआईजीमा बढुवा गर्न लागिपरेको भन्दै उनले स्वार्थको द्वन्द्व खेल खेलिरहेको बताएका छन् । उजुरीमा मुख्यसचिव, गृह मन्त्रालय र प्रहरी महानिरीक्षकलाई समेत बोधार्थ दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
नब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार