बालाजुमा प्रहरीको गाडी आगजनीमा संलग्नमध्ये काे काे पक्राउ परे ?
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २३:४६:१८
३ फागुन, काठमाडौं । सोमबार बालाजुस्थित माजापोखरी क्षेत्रमा प्रहरीको दुई वटा गाडी जलाउने, प्रहरीको अस्थायी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडमा संलग्नमध्ये प्रहरीले ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हो ।
सोमबार भएको यातायात मजदुर आन्दोलनका क्रममा तोडफोड गर्नेमध्ये उनीहरू पक्राउ परेका र उनीहरूलाइ सार्वजनिक गरिएको परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा तारकेश्वर बस्ने उदयपुरका विक्रम राई, बानियाटार बस्ने नुवाकोटका रामहरि भण्डारी, सोही ठाउँ बस्ने लमजुङका विवेक श्रेष्ठ, बालाजु बस्ने काभ्रेका राजेश तामाङ, गंगाहल बस्ने काभ्रेकै आशिष खडका, गोंगबु बस्ने प्युठानका दीपेन्द्र पुन मगर लगायत रहेका छन् ।
पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम ३ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको पत्रकार सम्मेलन जानकारी दिइयो । सो घटनामा संलग्नताको आशंकामा अन्य १० जनामाथि पनि सोधपुछ भइरहेको र सोधपुछ सकेपछि सार्वजनिक गरिने उनले बताए ।
आन्दोलनका क्रममा सुरक्षामा खटिएका प्रहरी बोकेका प्रहरी वृत्त बालाजुको निलो रंगको बा २ झ १४४ नम्बरको स्करपियो पिकअप भ्यानमा र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी आगो लगाएर ध्वस्त पारिएको थियो । त्यसपछि प्रहरीको अस्थायी बिट र सवारीसाधन नियमनका लागि चोकमा राखिएको ट्राफिक आइल्याण्ड तोडफोड गरेर नष्ट पारिदिएका थिए ।
आगजनी र तोडफोड घटनामा सयौं संख्याका युवा पंक्ति सामेहल भएको भिडियो सामाजिक संजालमा आइसकेको छ ।
सोही दिन एक समूहले नयाँ बसपार्कभित्र रहेको ल्होत्से मलमा प्रवेश गरेर मोवाइल पसलबाट मोलाइल लुटपाट गरेको थियो । लुटपाटबाट १० हरोडभन्दा बढी मूल्यको क्षति भएको नेपाल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले दाबी गर्दै आएका छन् ।
आजै मा बालाजु घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न प्रधानमन्त्री प्रचण्डले प्रहरी प्रमखुलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय प्रधानमन्त्रीले सम्हालिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार