प्रहरीको गाडी आगजनीमा संलग्नताकाे आशंकामा १ महिलासहित थप २ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन ४, २०७९ बिहिबार १८:४:१३
४ फागुन, काठमाडौं । बालाजुको माछापोखरीमा भएको प्रदर्शनमा प्रहरीको गाडी आगजनीमा संलग्नताको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जलाएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमा बुधवार साँझ पक्राउ गरिएको हो । पक्राउ पर्नेमा आगजनी क्षेत्रमा पसल गर्दै आएकी संगीता परिषर रहेकी छन् । उनले आन्दोलनकारीसँगै मिलेर प्रहरीको गाडीमा आगो लगाएकी पाइएको प्रहरीको दाबी छ । उनीसँगै एक जना पुरुषलाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोटका रन्जित कुमार तामाङ रहेका छन् ।
योसँगै आगजनी घटनामा संलग्नमध्ये ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजालमा आइको भिडियोअनुसार सोमबार दिउँसो बालाजुको माछापोखरी क्षेत्रका सडकमा राकिराखेको २ वटा प्रहरीको गाडीमा गरिएको उक्त आगजनीका दर्जनौं युवा पंक्ति संलग्न रहेको देखिएको छ । अन्यको पहिचान गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । ९ जना पुरुषलाई घटनामा संलग्नताको आरोप सोमबार र मंगलबार पक्राउ परिसकेका छन् । उनीहरुलाई बुधबार सार्वजनिक गरिएको थियो ।
घटनामा संलग्न कसैलाई छुट नदिन र जनधनको सुरक्षाको ग्यारेन्टी गर्न गहृमन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डले बुधबार नै सुरक्षा निकायका प्रमुखलाई बैठक राखेर निर्देशन दिइसकेका छन् ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार