बाँके हात्तीपाइले रोगको उच्च जोखिममा
नेपालबहस संवाददाता
फागुन ४, २०७९ बिहिबार २२:३०:३४
४ फागुन, नेपालगञ्ज । बाँके जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन् । उनले अभियानलाई प्रभावकारी बनाउन सबैको महत्वपूर्ण भूमिका हुने भएकाले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरिन् ।
रोग निवारणका लागि हात्तीपाइलेविरुद्धको औषधि सेवन एक मात्र उपाय भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिइन् । खानेले औषधि खाइरहने र नखानेले औषधि नखाइदिने गरेका कारण हात्तीपाइले रोगविरुद्धको अभियान प्रभावकारी हुननसकेको उनको भनाइ थियो । यो अभियान यही फागुन ११ देखि सुरु हुदैँछ ।
यस पटक जिल्लामा छ लाख १६ हजार छ सय ९५ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्रोत व्यक्ति गौतमले जानकारी दिइन् । उनले गर्भवती र सुत्केरी बाहेक सबैलाई औषधि सेवन गर्न आग्रहसमेत गरिन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा एक लाख ७० हजार पाँच सय ९८ जना, कोहलपुर नगरपालिकामा एक लाख दुई हजार नौ सय चारजना, खजुरा गाउँपालिकामा ६५ हजार तीन सय सात जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।
त्यसैगरी जानकी गाउँपालिकामा ४७ हजार सात सय ३३, डुडुवा गाउँपालिकामा ४४ हजार एक सय ४४, नरैनापुर गाउँपालिकामा ४४ हजार आठ सय सात, बैजनाथ गाउँपालिकामा ७१ हजार आठ सय ६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार तीन सय ४१ जनालाई औषधि खुवाइने भएको छ ।
अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ५० प्रतिशत, कोहलपुर र डुडुवामा ७८, खजुरामा ७६, राप्तीसोनारी र बैजनाथमा ७३, नरैनापुरमा ७४, जानकी गाउँपालिकामा ८० प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०६७/६८ बाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको थियो । उक्त वर्ष जिल्लाको कभरेज ९१ प्रतिशत थियो । गत वर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए ।
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा रहेकाले औषधि सेवन नै यसको न्यूनीकरण भएको स्वास्थ्य कार्यालयका प्रमुख पौडेलले बताइन् । उनले पाँच वर्ष लगातार औषधि खुवाएपछि ‘प्रि टाक्स सर्भे’ गरेर अर्को वर्ष औषधि खुवाएर निवारण गर्ने रणनीति असफल भएकाले १३औँ पटक औषधि खुवाउन लागिएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार