नुवाकोटमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुग्यो, एककाे पहिचान खुलेन
नेपालबहस संवाददाता
फागुन ४, २०७९ शुक्रबार ०:०:४५
४ फागुन, काठमाडौं । आज दिउँसो नुवाकोटको चैनपुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको स्ंख्या ३ पुगेको छ । दिउँसो ४ बजे बट्टारबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका–१२ स्थित चैनपुरमा दुर्घटनामा परेको थियो । ३५ जना यात्रु बोकेको बस सडकबाट १० मिटर तल पल्टिएको थियो ।
मृत्यु हुनेमा २ जना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-३ का ६३ वर्षीय बाबुराम दर्जी र सोही स्थानका ७८ वर्षीय रामप्रसाद अर्याल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने महिलाको भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी खगेन्द्र खड्काले बताए ।
अन्य २३ यात्रु घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । बसका चालक भने फरार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार