जगद्गुरू शंकराचार्य काठमाडौंमा, महाशिवरात्री पर्वका प्रमुख पाहुना
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १६:१७:२५
५ फागुन, काठमाडौं । उडीसाको पुरीस्थित गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती महाशिवरात्री पर्वका लागि विहीवार काठमाडौं आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा शिष्य र सहयोगीसहित उनी नेपाल एयरलाइन्सको उडानमार्फत् दिल्लीबाट आइपुगेका हुन् । उनलाई कोषका अधिकारी तथा धर्मानुरागीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । भारत बर्षमा हिन्दु धर्मका सर्बोच्च व्याख्याता एवं संरक्षक मानिने चार शंकराचार्यमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार उनी ८ फागुनसम्म काठमाडौंमा रहनेछन् । शंकराचार्यले शुक्रवार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने र हिन्दु धर्मका अनुयायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोमवारदेखि पशुपति क्षेत्रमा शुरु भएको लिंगपुराणमा शंकराचार्य सहभागी हुनेछन् ।
शनिवार महाशिवरात्रीमा उनी प्रमुख पात्रका रुपमा रहन्छन् । ‘महाशिवरात्री पर्वमा कोही पनि प्रमुख अतिथि हुँदैनन् । उहँँको प्रमुख उपस्थिति हुने गरि कार्यक्रम तय भएको छ’ खतिवडाले भने । आइतवार पनि उनले पशुपतिनाथ परिसरस्थित शंकराचार्य मठमा सहभागीहरुलाई सम्बोधन गर्ने र दीक्षा दिने कार्यक्रम छ । शंकराचार्यको मठमा भत्किएको आदि शंकराचार्यको मूर्तिमा प्राणप्रतिष्ठा गराउने कार्यक्रममा पनि उनी सहभागी हुनेछन् । ‘आदि शंकराचार्यको मूर्ति स्थापना भइसकेको छ । जगद्गुरुको उपस्थितिमा मूर्तिको प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ’ खतिवडाले भने ।
शंकराचार्यले विभिन्न विश्वविद्यालयका वैदिक गणितसँग समबन्धित प्राध्यापक एवं विद्यार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । ‘बैदिक गणितका उहाँ प्रकाण्ड विद्धान् हुनुहुन्छ । उहाँले बैदिक गणितका विभिन्न आयामका बारेमा व्याख्यान दिनुहुने कार्यक्रम छ’ खतिवडाले भने । शंकराचार्यका लागि कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालाको अति विशिष्ठ कक्षमा बस्ने बन्दोबस्त मिलाएको छ । उनीसँगै आउने प्रतिनिधिमण्डललाई धर्मशालाको विशिष्ठ कक्षमा बस्ने व्यवस्था गरिएको खतिवडाले जानकारी दिए ।
शंकराचार्य निश्चलानन्द सरस्वती आठौं शताब्दिबाट शुरु भएको मानिने जगतगुरु शंकराचार्यका १४५ औं उत्तराधिकारी हुन् । भारतको उत्तराखण्डमा अवस्थित ज्योतिर्मठका शंकराचार्य अभिमुक्तेश्वरानन्द सरस्वतीले उत्तरी क्षेत्र, गुजरात द्वारकामा अवस्थित शारदा पिठका शंकराचार्य सदानन्द सरस्वतीले पश्चिम क्षेत्र र कर्नाटकस्थित श्रृंगेरी मठका शंकराचार्य भारती तीर्थले दक्षिण क्षेत्र हेर्दै आएका छन् । गोवर्धनमठका शंकराचार्य निश्चलानन्द सरस्वतीले भने भारतबर्षको पूर्वी क्षेत्र हेर्दै आएका छन् । नेपाल सांस्कृतिक रुपमा उनको सांस्कृतिक कार्यक्षेत्रमा पर्दछ । शंकराचार्य सरस्वती सोमवार बुद्ध एयरको उडानबाट भारतको वाराणसी प्रस्थान गर्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार