सरकारमा बसेकाले शवमा पनि व्यापार गरेका छन् : पूर्वप्रधानन्यायाधीश कार्की
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १८:३८:४८
५ फागुन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारमा धेरै संख्ष्यामा व्यापारी पुगेको र उनीहरुले शिक्षा, स्वास्थ्यमा व्यापार गरिरहेको आरोप लगाएकी छिन् ।
शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारमा बस्नै सबै व्यापारीहरु पुगेको र तिनीहरुले शवमा समेत व्यापार गरिरहेका गम्भीर आरोप लगाइन् ।
‘अहिले देशको अवस्था विकराल बन्दै गएको, शिक्षामा व्यापार, स्वास्थ्यमा व्यापार, हरेक कुरामा व्यापार छ’ उनले भनिन्, ‘स्कलरशीप कसले पाउँछ, सरकारले दिने सहुलियत कसले पाउँछ त्यो पनि थाहा छैन । ‘
मुलुकमा अधिकांश नागरिक आर्थिक अवस्थामा कमजोर रहेको बताइन् । शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारकै कारण आर्थिक स्थिति कमजोर रहेका नेपालीहरुले छोराछोरीलाई आफूले चाहेको विधामा अध्ययन गराउन नसकेको उनले बताइन् ।
कमजोर अवस्थाकै कारण छोराछोरीले आफूले पढ्न चाहेको शिक्षामा इच्छा मारेर बस्नु परिरहेको बताउँदै कतिपयले घर जग्गा बेचेर पढाइरहेको र त्यसपछि काम नपाउँदा ऋणको तनावले मृत्युको बाटो रोज्न विवश हुनु परिरहेको बताइन् ।
अर्को प्रसंगमा कार्कीले आर्यघाटमा शवमाथि व्यापार हुँदा समेत सरकार आँखा चिम्लेर बसेको आरोप लगाइन् । शव जलाउने कार्यमा समेत व्यापार हुनु लज्जाको विषय भएको उनको भनाइ छ ।
‘‘आर्यघाटमा शव जलाउन त महंगो भइसक्यो । कसले सहयोग देला र दाहसंस्कार होला, लास जल्ला भन्ने भइसक्यो । समाजको अवस्था यहाँ पुगिसकेको छ ।’
नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवन्त्र गर्न छाडेर अहिले दलहरु कुर्सीका लागि लडाइ गरिरहेको उनले बताइन् । शिक्षा र स्वास्थ्यलाई मात्र सरकारले जिम्मा लिएर नागरिकलाई सहज तुल्याउन सके मात्र राहत पुग्ने उनको विश्वास छ । नागरिक स्वयं जारगरूक हुनुपर्ने बेला आइसकेकाे उनकाे भनाइ थियाे ।
पर्यटन मन्त्री सुदन किरातीले पशुपति क्षेत्रमा फूल बेच्ने व्यापारीबाट पशुपति विकास कोषका पदाधिकारी, मन्त्रालयका सचिवदेखि मन्त्रीसम्मलाई घुस खुवाउनु पर्दा फूल महंगोमा बेच्नुपरिरहेको र आर्यघाटमा शवमा चढाउने माला उठाउँदै पटपकटक त्यही माला बिक्री गर्ने गरिएको खबर सुनेको भन्दै कारबाही गर्ने चेतावनी दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुराडाँडामा २ दिने शिक्षक बिकास तालिम कार्यक्रम सम्पन्न
माघ ५, २०८१ शनिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार