सरकारले शक्ति र सत्ता बचाउन चौधरीलाई कैद मिनाहा दिने तयारी
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार १९:५७:१
५ फागुन, काठमाडौं । सरकारले सवारी साधनमा आगजनी मुद्दामा दोषी ठहर भई कैलाली जिल्ला कारागारमा सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरीको कैद मिनाहा दिने तयारी गरेको छ । मिनाहका लागि प्रक्रिया अघि बढाउन गृहमन्त्रालयको फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । मन्त्रिपरिषदको निर्णयपछि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको हो ।
कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था छ । चौधरीलाई राष्ट्रपति कार्यालयले यही ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सोही सूचीमा चौधरीको नाम समावेश गरिने भएको हो ।
कैलाली–२ बाट निर्वाचित सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालतबाट ६ महिना कैद र ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको थियो । तर उनी घटनाका बेलादेखि नै फरार रहँदै आएका बेला गत हप्ता मात्र बाँकेको कोहलपुरबाट पक्राउ गरी प्रहरी कैद भुक्तानका लागि जेल पठाएको थियो ।
सोही मुद्दामा चौधरीसहित ३ जनालाई दोषी ठहर गरेकामा अन्य २ जनाले सजाय भुक्तान र क्षतिपूर्ति भराइ थुनामुक्त भइसकेका छन् । थुनामा राखिएका चौधरीले जिल्ला अदालतमै थुनामुक्तको लागि रिट दिएका थिए । सो रिटमा अदालतले गृह मन्त्रालयसँग राय मागेको छ । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका बेला भइरहेको सजाय मिनाहा प्रक्रियालाई सत्तासँग साट्न खोजिएको रुपमा विश्लेषण गरिएको छ । गृहको जिम्मेवारी प्रचण्डसँग रहेकै बेला चौधरी पक्राउ परेका थिए ।
त्यसमा नागरिक उन्मुक्तिका सांसदहरुले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभा बैठकमा आक्रोश पोखेका थिए । त्यहीबिचमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री एमालेका राजेन्द्र सिंह रावलले नागरिक उन्मुक्तिको मत नपाएकै कारण पदमुक्त हुन पुगेका थिए । अरुण चौधरी, रेशम चौधरी लगायत बन्दीलाई रिहाइ गरिनुपर्ने मागलाई नागरिक उन्मुक्तिले मुख्य बनाउँदै आइरहेको छ । रेशमलाई पनि यहीबेला मिनाहाको सूचीमा राखिने संवभावना रहेको बताइएको छ ।
त्यसकारण चौधरीलाई मिनाहामा सूचीमा पारेर सुदुरपश्चिममा नाउपालाई वर्तमान कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्ने गोटीको रुपमा प्रचण्डले यो चाल चालेको हुनसक्ने अनुमान धेरैको छ । किनकि थोरै समयमा अरुणको चालचलन राम्रो नराम्रो छुट्याउने सकिने अवस्था नै होइन ।
यसमा केन्द्र सरकारमा नाउपाले समर्थन जारी राखेपनि सरकार संचालनमा निगरानीका लागि गठन भएको भनिएको राजनीतिक उच्चस्तरीय संयन्त्रको बैठकमा नाउपाले सभागिता जनाउनै छाडेपछि प्रचण्ड नाउपालाई खुशी बनाउने उपायको खोजीमा छन् ।
नाउपाको मागमा अंशमा मात्र भएपनि सम्बोधन हुने गरी निर्णय लिएर कम्पनीमा सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको अहिलेको सरकार ढाल्ने र केन्द्रमा नाउपालाई थप बिच्किन नदिन मसला बन्ने बुझाइ प्रधानमन्त्री प्रचण्डको हुन सक्ने आधारलाई नकार्न सकिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार