राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न प्रचण्डलाई कति सहज ? एमाले आफ्नै अडानमा
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २०:५१:११
५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको बताएका छन् । राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको महतले बताएका हुन ।
राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले समर्थन जनाए पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वीकार्ने उनले बताएका छन । महतले राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताए ।
अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने प्रवक्ता महतको दाबी छ । संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै उनले राष्ट्रपतिको पद महत्वपूर्ण भएको बताए । एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरूरी रहेको उनले उल्लेख गरे ।
प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि नदोहोरिन गरी राष्ट्रपति बनाउनु पर्ने बताए । राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले सघाए कांग्रेसले अहिले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत पाँच वर्षसम्म रहिरहने संकेत गरेकाे छ ।
यता सरकारले २६ पुषमा विश्वासको मत लिएदेखि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच निरन्तर भेटवार्ता भइरहेको छ तर, भेटमा प्रमुख एजेन्डा रहेको राष्ट्रपतिमा सहमति खोज्ने प्रयासमा भने ठोस प्रगति भएको छैन । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
पछिल्लो पटक बिहीबार मात्र भएको भेटवार्तामा पनि दुवै नेता आ–आफ्नै अडानमा देखिएका छन। दुई नेताबीच करिब दुई घन्टा लामो छलफल राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा केन्द्रित थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । निरन्तर रुपमा भइरहेको भेटमा ओलीले चाहि पूर्वसहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र सहमति त्यसैमा हुनुपर्ने अडान राख्दै आएका छन ।
प्रचण्ड भने विगत नेकपाकालमा ओलीले सहमति कार्यान्वयन नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा उभिएका छन् । माओवादीले कांग्रेस, एमाले, माओवादी, अन्य दल वा गैरराजनीतिक व्यक्ति जसको नाममा राष्ट्रिय सहमति हुन्छ, उही राष्ट्रपति हुने बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार