सत्ता गठबन्धनकाे चिसोपना मेटाउन प्रचण्ड ओली भेट्न बालकोटमा
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २१:२४:२८
५ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा तिक्तता बढेको छ । यसबिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता निष्कर्षविहीन बन्दै आएको छ । सोही क्रमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार उनकै निवास बालकोट पुगेका छन् ।
सन्निकट आएको राष्ट्रपतिको निर्वाचनबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । राष्ट्रपतिमा एमालेका उम्मेदवालाई साझेदर दलहरुले सघाउनुपर्ने अडान राख्दै आएका ओली प्रचण्डलाई भेटन बालुवाटार पटकपटक धाइरहेका छन् । हिजो मात्र पनि ओली बालुवाटा पुगेर छलफल गरे, तर प्रचण्ड सकारात्मक हुन सकेनन् ।
तर आज सोही विषयमा छलफल गर्न प्रचण्ड अोलीलाई भेटन् प्रचण्ड बालकोट पुगेका हुन् । सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ । यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेटवार्ता गर्ने गरेका छन् ।
गत पुष १० मा प्रधानमन्त्री नियुक्तिमा प्रचण्डलाई सघाउँदा भएको सहमति अनुसार एमालेले उठाएकै उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्नुपर्ने वाचालाई तोडिएमा गठबन्धन जोगिन नसक्ने संकेत ओलीले दिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार