संवैधानिक परिषद्को विवादास्पद विधेयक फिर्ता
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २१:४६:४४
५ फागुन, काठमाडौं । अध्यादेशमार्फत जारी भएको संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक सरकारले फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक फिर्ता लिएर छिट्टै यससम्बन्धी अर्को विधेयक सदनमा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सोही निर्णय अनुसार शुक्रबार प्रधानमन्त्रीको कार्यालयले संसद सचिवालयबाट विधेयक फिर्ता ल्याएको स्रोतले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए ।
त्यही अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्का ३ जना मात्र उपस्थित भएर संवैधानिक निकायहरुमा धमाधम नियुक्ति सिफारिस गरेको थियो ।
त्यसरी सिफारिस भएर नियुक्त भएका संवैधानिक निकायका पदाधिकारी र सदस्यहरुविरुद्ध सर्वोच्चमा मुद्दा समेत परेको थियो । सो मुद्दा टुंगो लाग्न बाँकी नै छ । मुद्दामा सुनुवाइका लागि बिहीबार पेशी तोकिएपनि हेर्न नभ्याइने राखेर हटाइएकेो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार