बकपत्र फेरेको आरोपमा ३ जनालाई भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २२:४९:४२
५ फागुन, काठमाडौं । सरकारी साक्षीले बकपत्र फेरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी साक्षी बनाएर अदालतमा पेश गरेकोमा उल्टो झुटो बकपत्र गरेको भनी समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरु जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इञ्जिनियर भोगेन्द्र प्रसाद साह पक्राउ परेको घुसको घटनामा मुछिएका थिए । उनीहरु सबै जनालाई अख्तियारले अनुसन्धानका क्रममा सहयोग गरेको भनी सरकारी साक्षीका रुपमा पेश गरी सजाय छुटको प्रस्ताव गरेको थियो ।
तर अदालतमा पुगेपछि यथार्थ विवरण बताउनुपर्नेमा उल्टो बकपत्र गरेको भनी अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले समुद्र आचार्य र चिरञ्जिवी आचार्यमाथि २९ हजार घुस खाएको आरोप लगाएको छ । साथै रत्नप्रसाद आचार्यमाथि ८५ हजार घुस लिएको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार