आईसिसी विश्वकप लिग-२ : स्कटल्याण्डमाथि नेपालको शानदार जित
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २२:३९:१५
५ फागुन, काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत आजको खेलमा नेपालले स्कटल्यान्डलाई हराएर जित निकालेको छ । त्रिवि कीर्तिपुर क्रिकेट मैदान आज भएको खेलमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।
टस जितेर सुरूमा ब्याटिङ राेजेकाे स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गर्यो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतक प्रहार गरे।
कुशलले ८१ रनको योगदान गरे। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। कुशलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले लिग-२ कै खेलमा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
दिपेन्द्रसिंह ऐरीले नटआउट ८५ रन जोडे। उनले ११६ बलमा ८ चौका र १ छक्का हाने । कुशल र दिपेन्द्रबीच छैटौं विकेटका लागि सय रनको साझेदारी भएको थियो। यहि साझेदारी नेपालको जितको आधार बन्यो । विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट २४ रन जोडे । उनले ३२ बलमा ३ चौका प्रहार गरे ।
ओपनर कुशल भुर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट हुँदा नेपालले ५ ओभरमा तीन विकेट गुमायो । तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरेका थिए।
यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए । दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे। गुल्शन झाले २८ बल खेलेर १७ रन जोडेका थिए । बलिङमा स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३-३ विकेट लिए । अब नेपालले शृंखलाको तेस्रो खेलमा शनिबार नामिवियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने
माघ ११, २०८१ शुक्रबार
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्तवना जीत
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार