कांग्रेस सांसद भण्डारीको पहिलो सर्जरी सम्पन्न, दोस्रो अपरेसन अव्जरवेसनपछि मात्र निर्णय हुने
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २२:५४:४३
५ फागुन, काठमाडौं । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ । उपचार समन्वयमा गएका नेपाली कांग्रेसका नेता योगराज कँडेलका अनुसार भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको हो ।
मुख्य सर्जन डा. सुनील केसवानीलाई उद्धृत गर्दै कँडेलले भण्डारीको दायाँ खुट्टामा गहिरो घाउ रहेका कारण अपरेसनमा समय लागेको बताएका छन् । भण्डारीको दुवै खुट्टाको शल्यक्रियाका लागि करिब साढे २ घण्टा लागेको थियो ।
दायाँभन्दा बायाँ खुट्टाको घाउ कम रहेको चिकित्सकले जनाएका छन् । अहिले चिकित्सकहरूले निगरानी गरिरहेको छन् । दोस्रो अपरेसन गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने छ । थप उपचारका लागी सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता
कात्तिक १६, २०८१ शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार