ईसेवामार्फत ठगी गर्न के के बनाउँथिन् बहाना ?
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २३:५६:४७
५ फागुन, काठमाडौं । झुट्ठा बहाना बनाई अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई युवती पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हाल काठमाडौं महानगरपालिक–२२ खिचापोरी बस्ने भद्रपुर नगरपालिका–१० चन्द्रगढीकी ३२ वर्षीया दिपाञ्जली थापा भनिने उषा कार्की र खिचापोखरीमै बस्ने चितवन कालिका नगरपालिका–४ घर भई २० वर्षीया निकिता सुवेदी रहेका छन् ।
उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
उनीहरुले विभिन्न व्यक्तिलाई ‘फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, एमबीबीएस टपर हुँ, विद्यालयमा शैक्षिक कार्यक्रम चलाउँछु्, विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्ने गर्छु’ जस्ता बहानामा इसेवा वालेटमा अनलाइनमार्फत पैसा पठाउन लगाएको प्रहरीको आरोप छ ।
पैसा पाएपछि सम्पर्कविहीन हुन थालेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि लामो समयको खोजीपछाडि मात्र उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार