भन्सार प्रमुखको सरुवा गरी भन्सार प्रतिनिधिलाई उन्मुक्ति दिने भन्सार विभाग र अर्थ मन्त्रालयको तयारी
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १७:२२:५२
७ फागुन, विराटनगर । गत माघ १२ गते विराटनगर भन्सारका भन्सार प्रतिनिधि शरण (सन्तोष) खरेलसँग सेटिङ्ग गरेर भन्सार जाँचपासलाई प्रमाणीकरण गरेको भन्दै विराटनगर भन्सारका तत्कालिन भन्सार प्रमुख ताराप्रसाद सापकोटालाई अर्थ मन्त्रालयले सरुवा गरी उक्त ठाउँमा ज्ञानेन्द्रराज ढकाललाई पठाएको छ ।
यो प्रकरणमा नेपालबहसले निरन्तर खवरदारी गर्दै जाँदा विराटनगर भन्सारको राजश्व छली प्रकरणमा भन्सार प्रतिनिधि शरण खरेल र तत्कालिन भन्सार प्रमुख ताराप्रसाद सापकोटासहित नासू हिमाल दाहाल र भन्सार अधिकृत नकुल शर्मा समेतलाई कारवाहीका लागि भन्दै विभाग तानिएकामा नासु र अधिकृतसहित भन्सार प्रतिनिधि खरेललाई उन्मुक्ति दिने तयारी भन्सार विभागले गरेको रहस्य खुल्न थालेको छ ।
भन्सार प्रतिनिधि खरेलले भन्सार जाँचपासमा प्रयोग गरेको भन्सार एजेन्टको लगिन नम्बर ४२३ लाई पनि अहिलेसम्म कुनै कार्वाही नगरी उन्मुक्तिको प्रयास भएको छ । यो प्रकरणले विराटनगर भन्सार भित्र हुने भन्सार प्रतिनिधि खरेलको सेटिङ्गलाई छताछुल्ल बनाईदिएको छ भने पुनः भन्सार प्रतिनिधि खरेलसहितका कर्मचारीलाई विराटनगर भन्सार मै कामकाजमा खटाएर सक्रिय बनाउने योजना समेत सार्वजनिक भएको छ ।
विराटनगर भन्सारका तत्कालिन भन्सार प्रमुख तारा सापकोटालाई सरुवा गरी उक्त ठाउँमा भन्सार विभागका निर्देशक ज्ञानेन्द्र ढकाललाई अर्थ मन्त्रालयले सरुवा गरी पठाएपछि भन्सार प्रमुख ढकालका लागि भन्सार प्रतिनिधि खरेल सेटिङ्ग योग्य हुन्छन वा हुन सक्दैनन भन्ने कुरा हेर्न बाँकी रहेको छ । जसले गर्दा नयाँ भन्सार प्रमुखका लागि भन्सार सेटिङ्गको जालो भत्काउन ठुलो चुनौती रहेको छ ।
विराटनगर भन्सारमा भन्सार जाँचपासको काममा संलग्न बीरगन्ज भन्सारका भन्सार एजेन्ट भन्सार लगिन नम्बर ४२३ का प्रतिनिधि शरण (सन्तोष) खरेलले काठमाडौंको देव इन्टरनेशनलले चीनबाट आयात गरेको जुत्ता र रेडिमेड गार्मेन्टका सामान जाँचपाख गर्ने क्रममा करोडौं राजश्व छली गरी सेटिङ्गमा सामन जाँचपास गराएको कुरा पुष्टि हुँदा समेत कुनै कार्वाही गर्ने हिम्मत अर्थ मन्त्रालय र भन्सार विभागले नगर्दा यो जालो अझ सशक्त बन्ने प्रष्ट भएको दावी गर्न थालिएको छ ।
भन्सार लगिन नम्बर ४ सय २३ को भन्सार विभागदेखि अर्थ मन्त्रालयसम्म नै भएको कनेक्सनका कारण उक्त लगिनलाई विभागले बन्द नगरी भन्सार प्रमुखमाथि मात्रै कार्वाही गरे जस्तो गरी देखाउनका लागि सरुवा गरेको भनाई विराटनगर भन्सार स्रोतले गरेको छ । भन्सार प्रतिनिधि खरेलले विगत दश वर्षको अन्तरालमा अकल्पनीय सम्पत्ति आर्जन गर्न सफल भई करोडौं मुल्यको गाडी खरिद गरिसकेको कुरा बताइएको छ । उनी भन्सारमा असुली हुने दस्तुरीको हिसाब राख्नेदेखि निर्देशन अनुसारको दस्तुरी बाँडफाँटसम्म गर्ने हैसियतमा विराटनगर भन्सारमा भन्सार प्रतिनिधिका रुपमा कार्यरत रहेको दावी पनि स्रोतले गरेको छ ।
लामो समयदेखि भन्सार दस्तुरीको हिसाब हेर्दै आएका भन्सार एजेन्ट नवरतन जैनको केही वर्ष अगाडी मृत्यु भएपछि भन्सारले पनि दस्तुरीको हिसाब राख्न सक्ने नयाँ व्यक्तिको खोजी गर्ने क्रममा उक्त जिम्मेवारी नयाँ व्यक्तिलाई दिएको दावी पनि भन्सार स्रोतले नै गरेको छ । तसर्थ भन्सार प्रतिनिधि खरेललाई अर्थ मन्त्रालयदेखि भन्सार विभागसम्म कसैले पनि कार्वाहीको प्रक्रियामा ल्याउन नसक्ने दावी पनि गर्न थालिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
बैशाख २०, २०८१ बिहिबार
संकल्प प्रस्ताव गलत भए अदालत जान कोशीका मुख्यमन्त्री कार्कीलाई सत्ता पक्षको चेतावनी
बैशाख २०, २०८१ बिहिबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
मटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
ढकमक्क फुलेको ज्याकाराण्डा फूल
बैशाख २१, २०८१ शुक्रबार