सबै दलका साझा व्यक्ति नै राष्ट्रपति हुनुपर्छ : महासचिव गुरुङ
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १७:५७:५३
७ फागुन, पोखरा । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दललाई समेटेर लैजान सक्ने व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् ।आइतबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा महासचिव गुरुङले सबै दलहरुले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका हुन् ।
राष्टिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति निर्वाचनमा अहिले शक्तिकेन्द्र खेलिरहेको र त्यसलाई सफल हुन नदिन राष्ट्रियताको रक्षाका सबै पक्षधर एक ठाउँमा उभिनुपर्ने बताए । राष्ट्रपति पदमा शक्तिहरुले खेल्ने ठाउँ पाए मुलुकको अस्मितामाथि गम्भीर संकट उत्पन्न हुने उनको भनाइ थियो । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने उनले बताए ।
अर्को प्रसंगमा गुरुङले पूर्वाराजा ज्ञानेन्द्र शाहको विज्ञप्तिको औचित्यपूर्ण नभएको बताए । मुलुकमा सामन्ती राजतन्त्र फालेर गणतन्त्र आइसकेको अवस्थामा विज्ञप्तिले कुनै अर्थ नराख्ने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु ४ दिनपहिलो यही फागुन २५ गते नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । दलहरुबीच राष्ट्रपति उम्मेदवारलाई लिएर पेचिलो बहस चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार