एमालेलाई राष्ट्रपति दिने सहमति नभएको जनार्दनको जिकिर
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:२०:३१
७ फागुन, काठमाडौंं । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति नेकपा (एमाले)लाई दिने सहमति नभएको जिकिर गरेका छन् ।नयाँ राष्ट्रपतिका लागि सन्निकट रहेको निर्वाचनको सन्दर्भमा उनले आइतबार एक अनलाइनसँगको कुराकानीमा उनले सो खुलासा गरेका हुन् ।
सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले प्रचण्ड प्रधानमन्त्री नियुक्ति भएका दिन गा पुष १० मा भएको सहमति अनुसा राष्ट्रपति एमालेले नै पाउनुपर्ने, यसबाट दायाँबायाँ हुन नसक्ने बताइरहेको बेला शर्माले यस्तो बताएका हुन् ।
प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदासम्म पार्टीमा त्यस्तो सहमतिबारे केही चर्चा नभएको उनको दाबी छ । ‘वान टू वान’ वार्ता एमालेलाई राष्ट्रपति दिने सहमति भए त्यस्तो विषय आफूहरुलाई जानकारीमा नआएको उनले बताएका छन् । राष्ट्रपति एमालेले, उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमतिमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको दाबी एमालेले गर्दै आएको छ ।
तर पछिल्लो चरणमा भने माओवादी केन्द्र्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रिय सहमति जुट्ने व्यक्ति नै राष्ट्रपति हुनुपर्ने भन्दै अडान लिदै आएका छन् । माओवादी केन्द्रका नेताहरु पनि सोहीनीति अनुरुप विभिन्न दलका नेताहरुसँग बाक्लो भेटघाट गरिरहेका छन् ।
आज बिहान मात्र माओवादी केन्द्रका महासचिव देव गुरुङले पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सबै दललाई स्वीकार्य व्यक्ति नै अब राष्ट्रपति हुने दाबी गरेका छन् ।
नेपाली कांग्र्रेले पनि राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने र त्यसमा माओवादी केन्द्रले साथ दिनुपर्ने बताउँदै आएको छ । कांग्रेसका राष्ट्रपतिलाई समर्थन गरिए माओवादी केन्द्रलाई पाँचै वर्ष प्रधानमन्त्रीमा साथ दिन पार्टी तयार रहेको अभिव्यक्ति कांग्रेसका नेताहरुले दिइरहेका छन् । यसबारे भने प्रचण्डले मुख खोलिसकेका छैनन् ।
एमालेले भने राष्ट्रपति एमालेले लिने र प्रधानमन्त्रीमा आधा आधा कार्यकाल माओवादी केन्द्र र एमालेले चलाउने सहमति भएको एमालेका सचिव योगेश भट्टराईले गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक मानिएको छ । निर्वाचन यही फागुन २५ मा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार