शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र राजनीतिक दलकाे अहम् भूमिका : प्रदेशसभा सदस्य तिमिल्सिना
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १६:३९:२५
८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले गुणस्तरीय शैक्षिक भवनमा पठनपाठन भएमात्र बिद्यार्थीहरुले अध्ययनमा रुची राख्ने बताएका छन् । शिक्षाको गुणस्तर सुधार गर्न नेपाली कांग्रेसको सरकारले बिद्यालयको भौतिक विकास र शिक्षकहरुको सुविधामा विशेष ध्यान पुर्याउँदै आएको बताए । सबै तह र तप्काका मानिसको साझा धारणा लिएर नेपाली कांग्रेस अघि बढ्ने उनले बताएका छन् ।
नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय धनौराको नयाँ भवन शिलान्यास गर्दै कांग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य तिमिल्सिनाले आधुनिक कृषिका माध्यमबाट व्यवसायिक उत्पादन गर्न एउटा संकल्पसहित साझा धारणा बनाउँदै सभ्य, शिक्षित समाज र वैज्ञानिक कृषि प्रणालीको विकास गर्न सकिने बताए ।
बिद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको प्रमुख आतिथ्यता ग्रहण गरेका प्रदेशसभा सदस्य तिमिल्सिनाले सो बिद्यालयमा नवनिर्मित चार कोठाको दुई तले बिद्यालय भवनको समेत शिलान्यास गरेका हुन । नेपाली कांग्रेसका नेता समेत रहेका लुम्बिनी प्रदेससभा सदस्य तिमिल्सिनाले मधुवन नगरपालिका वडा नम्बर ३ मा अवस्थित बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा सुविधासम्पन्न भौतिक पूर्वाधार निर्माणमा आफूले सक्रिय भूमिका खेल्ने बताए ।
“गुणस्तरीय शिक्षाले सन्तुष्टिसँग सम्बन्ध राख्दछ । कुनै पनि खानाको परिकार कति गुणस्तरीय छ भन्ने कुरा उक्त खाना खाने व्यक्तिको स्वाद, रुचि, स्वास्थ्य र आवश्यकता अनुसारको सन्तुष्टिमा निर्भर हुन्छ भने उक्त खाना बनाउनेको सन्तुष्टि खाना खाने व्यक्तिको सन्तुष्टिसँग जोडिएको हुन्छ । खाना खाने र खाना बनाउने दुवै सन्तुष्ट भएमात्र उक्त खानाको परिकार गुणस्तरीय बन्नसक्छ । त्यस्तै शिक्षाको गुणस्तर पनि विद्यार्थी, शिक्षक र अभिभावकको सन्तुष्टिमा निर्भर रहन्छ । शैक्षिक प्रणालीका यी तीनै पक्ष सन्तुष्ट भएमात्र शिक्षाको गुणस्तर कायम हुन सक्दछ ।” प्रदेश सांसद तिमिल्सिनाकाे भनाइ थियाे ।
बिद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्षहरु चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्ने बताउँदै उनले भने, विद्यालय सुधार योजना निर्माण सामाजिक परीक्षण तथा अन्य योजना निर्माण तथा निर्णय प्रक्रियामा समुदायको सार्थक र निर्णायक सहभागिता गराउनु पर्नेमा जाेड दिएका थिए । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्दछ । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, अभिभावक र राजनीतिक दलले अहम् भूमिका निर्वाह गर्नुपर्ने प्रदेससभा सदस्य तिमिल्सिनाले बताए ।
वार्षिकोत्सव, अभिभावक भेला तथा भवन शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य तिमिल्सिना, मधुवन नगर प्रमुख तेजबहादुर भाट , नगर प्रवक्ता एवं मधुवन – ८ का अध्यक्ष मेकबहादुर गुरुङ, नेपाली कांग्रेस मधुवनका सभापति डम्बर केसी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि , शिक्षक, विद्यार्थी एवम् अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेकाे थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार