नेपाल प्रहरीको सेवा अवधिको फाइल गृहसचिवको घर्रामा
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १६:४५:१२
८ फागुन, काठमाडौं । विवादित छविका गृहसचिव विनोदप्रकाश सिंहले नेपाल प्रहरीको फाइल आफ्नो घर्रामा राख्दा अन्यौल उत्पन्न भएको छ । नेपाल प्रहरीको सेवा अवधि थप गर्ने कि नगर्ने भन्ने फाइल आफ्नो घर्रामा अड्काउँदा आउँदो एक महिनापछि को आईजीपी हुने भन्ने बारेमा अहिले अन्यौल सिर्जना भएको हो । ‘ प्रहरीको सेवा अवधि हटाउने फाइल अर्थले कानुन हुँदै गृह मन्त्रालयमा पठाएकोमा आफ्नो टेबुलमा पुगेपछि घर्रामा हालेर राखेका उनले अहिलेसम्म निकालेका छैनन्’, गृहमन्त्रालय स्रोतले भन्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई दैनिक रिपोटिङ गर्नुपर्नेमा उनी अहिले प्रधानमन्त्री कार्यालय पुग्दै नपुगी आफ्नै मन्त्रालयमा बस्ने गरेकाे बताइन्छ । नेपाल प्रहरीको सरुवा बढुवाबारे प्रधानमन्त्री स्वंय र उनको सचिवालयले समेत चासो व्यक्त गर्ने गरेको छ । ३० वर्षे सेवा अवधि हटाउँदा यसपछिका व्याचीहरु कसैलाई पनि असर नगर्ने भएकाले प्रहरी प्रधान कार्यालय यो विषयमा सहमत भएपनि सचिव सिंहले फाइल अड्काउँदा समस्या उत्पन्न भएको स्रोतको दावी छ ।
प्रधानमन्त्री प्रचण्डले गृहसचिव सिंहलाई अविश्वास गरेकै कारण मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेर अहिले माओवादी नेताहरुको विश्वासपात्रको रुपमा चिनिएका जितेन्द्र बस्नेत र केदारनाथ शर्मालाई महत्पूर्ण जिम्मेवारी दिईसकेका छन् । प्रधानमन्त्री कार्यालय र मूख्यसचिवले गृहमन्त्रालयका सहसचिवहरुको सरुवा तथा जिम्मेवारी हेरफेरमा हस्तक्षेप गरेका थिए । सचिव सिंहलाई थाहै नदिई मूख्यसचिवले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिदिएका थिए ।
जस अनुसार लामो समय सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका फणिन्द्रमणी पोखरेललाई हटाइएको थियो । उनको स्थानमा सहसचिव जितेन्द्र बस्नेतलाई ल्याइएकाे छ । उनलाई प्रवक्ता समेत तोकिएको छ । सहसचिव बस्नेत अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत थिए । त्यसअघि बस्नेत प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालय मातहतकै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए । त्यस्तै केदारनाथ शर्मालाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी अर्थ मन्त्रालयमा जनार्दन शर्माको टीममा बसेर काम गरेका सहसचिव हुन् ।
उनलाई पनि प्रधानमन्त्रीकै रुचीमा गृहमा ल्याइएको छ । यसअघि प्रशासन महाशाखामा गोविन्द रिजाल रहेका थिए । उनलाई अतिरिक्त समूहमा राखिएको छ । गृह मन्त्रालयमा रहेका रुद्र पण्डितलाई मन्त्रालय मातहतको राष्ट्रिय पञ्जिकरण तथा परिचयपत्र विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । पण्डित यसअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको सहकारी विभागको रजिष्ट्रारमा कार्यरत रहेका थिए ।
प्रधानमन्त्रीले अविश्वास गरेकै कारण गृह मन्त्रालयका सहसचिवहरुलाई सरुवा गरिएको हो । ‘प्रधानमन्त्रीको चाहना सिंहलाई त्यहाँ राख्ने छैन, तर प्रधानमन्त्री कार्यालयमा पनि ठाउँ छैन’, स्रोतले भन्यो । प्रधानमन्त्री प्रचण्डले एआईजी बढुवाको बारेमा आईजीपी धीरजप्रताप सिंहलाई बोलाएर कुराकानी गरिसकेका छन् । तर गृह मन्त्रालयबाट आउनुपर्ने फाइल नआएकै कारण रोकिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार