रक्सी बेच्ने र खानेबाट उठाइएको जरिवानाबाट स्कूल भवन निर्माण
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १७:५६:४४
८ फागुन, काठमाडौं । बझाङमा स्थानीयले रक्सी बिक्री गर्ने र खानेलाई गरेको जरिवाना रकमबाट विद्यालय भवन निर्माण गरिएको छ । बझाङको सुर्मा गाउँपालिका–१० (साविकको दौलिचौर गाविस)मा रक्सी (मदिरा) बेच्ने र खानेमाथि गरिएको जरिवाना रकमले एक विद्यालय भवन निर्माण गरिएको हो ।
यो क्षेत्रमा सुरक्षाकर्मी पपरिचालन गर्दा समेत नियन्त्रणमा आउन नसकेपछि स्थानीय नै अघि सेर बेच्ने र खानेलाई धमाधम कारबाही गर्न सुरु गरेपछि मदिरा उत्पादन र प्रयोगमा निकै कमी आएको छ । सुरक्षाकर्मीसँगै स्थानीयको सक्रियताले कमी आएको स्थानीय बताउँछन् ।
मदिराको खुलेआम बिक्री वितरणले गाउँ नै अशान्त बनेपछि २०६७ दौलिचौरमा मदिरा नियन्त्रण गर्न गोरखबहादुर बोहराको अध्यक्षतामा मदिरा नियन्त्रण समिति बन्यो । समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो । सुरक्षाकर्मीलाई रक्सी खानेहरू समात्ने जिम्मेवारी दिइयो ।
उनको कार्यकाल २०६७ देखि २०७४ सालसम्ममा मदिराको जरिवानाबाट ३२ लाख रुपैयाँ सङ्कलन भएको थियो । सो रकममध्ये २५ प्रतिशत अर्थात ८ लाख रुपैयाँ स्थानीय दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण गरियो । त्यही रकमले रकमले विद्यालयको पक्की भवन बनाइएको हो ।
गाउँमा मदिरासँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिएर जरिवाना तिराएको थियो । मदिरा बेच्नेलाई रु २५ हजार, सेवन गर्नेलाई रु १० हजार, क्यारेमबोर्ड खेल्नेलाई रु १० हजार, गुच्ची खेल्नेलाई रु १५ सयका दरले जरिवाना गराउँदा ७ वर्षमा रु ३२ लाख रुपैयाँ संकल भएको थियो । जरिवाना रकमबाट अढाइ लाख रुपैयाँले विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टीसहित दुई कोठे पक्की भवन बनाएको थियो । विद्यालयमा अहिले कक्षा १२ सम्मको पढाइ हुन्छ ।
सुर्मामा अहिले सबै मानिस काममा व्यस्त हुने र रातदिन आफ्नै काममा लागेका मान्छे भेटिने गरिएको बताउँदै स्थानीयले खुशी व्यक्त गर्छन् । गाउँ नै शान्त बनेको देख्दा उनीहरु दंग छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार