लुम्बिनी प्रदेशका नवनियुक्त जसपाका मन्त्री अहिरले लिए शपथ
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १८:५१:५०
८ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा नियुक्त मन्त्री भण्डारीलाल अहिरले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका थिए । मन्त्री आहिरलाई प्रमुख शेरचनले सोमबार शपथ ग्रहण गराएका हुन् ।
यसअघि नियुक्त एमालेका सोही मन्त्रालय सम्हाल्दै आएका तुलसीराम शर्मालाई बिना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो ।
अब उमालेसँग मुख्यमन्त्रीसमेत गरी ४ मन्त्राल मात्र परेको छ । जसपा सरकारमा सहभागी भएसँगै उसको मन्त्रालय संख्या घटेको हो । मुख्यमन्त्रीमा सुरुको आधा कार्यकाल आफूले पाउनुपर्ने दाबी माओवादी केन्द्रले गर्दै आइरहेको बेला मुख्यमन्त्री गिरिले जसपालाई सरकारमा मन्त्री दिएर ल्याएका हुन् । मन्त्रालय भागभण्डामा पनि माओवादी केन्द्रले असन्तुष्ट जनाउँदै आएको छ ।
जसपा याेसँगै २ वटा प्रदेशमा सरकारमा सहभागी भएकाे छ । मधेश प्रदेशमा त जसपाकै नेतृत्वमा सरकार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार