सन्दीप उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च जाने
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १९:१८:४१
८ फागुन, काठमाडौं । नाबालिग बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछाने आफ्नो विदेश यात्रामा उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध आदेशविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतको आदेशमा जेलमा रहेका लामिछानेलाई उनकै रिटमाथि सुनुवाइ गर्दै गएको पुष २८ गते विदेश यात्रा जान नपाइने, प्रहरीको अनुमतिबिना काठमाडौं उपत्यका छाडन नपाइने, सामाजिक संजालमा लेख्न नपाइने लगायत बन्देज लागएर २० रुपैयाँमा छाडेको थियो । सोही आदेशमा उनी धरौ टी राखेर पुष २९ गते जुलमुक्त भएर बाहिर आएका छन् ।
नेपाली क्रिकेटका राष्ट्रिय पूर्व कप्तान समेत रहिसकेका उनलाई जुलमुक्त भएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बनधन फुकुवा गरेर राष्टिय टिममा समावेश गराइ अन्य खेलाडीसरह अहिले बन्द प्रशिक्षण र प्रतियोगतामा सहभागी गराउँदै आएको छ ।
तर उच्च अदालत पाटनबाट उनलाई विदेश यात्रामा लागेको प्रतिबन्धका कारण विदेशमा हुने नेपालको प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि प्रतिबन्ध आदेश बदरको माग गर्दै सर्वोच्च जाने भएका हुन् ।
उच्चको आदेश बदरको माग गर्दै भोलि मंगलबार नै सन्दीप सर्वोच्च जाने भएको उनका कानूनी सल्लाहकार सरोजकष्ण घिमिरेले बताए । संयुक्त अरब एमिरेट्स (यूएई)मा हुने आगामी शृङ्खलामा नेपालले खेल खेल्दैछ । सो खेलमा सहभागी गराउने योजनाअनुरुप सर्वोच्च जाने गरेका हुन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई विदेश यात्रामा जान रोक लगाएको हो । आदेशले पीडित नाबालिगको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न रोक लगाएको छ ।
बलात्कारको आरोप खेपिरहेका भन्दै शनिबार कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र नामिबियासँगको खेलमा नामिबियाका खेलाडीहरुले सन्दीपसँग हात समेत मिलाएनन् । त्यसलाई नामिबियाको टोलीले पूर्वयौजनाअनुरुप नै हात नमिलएको प्रष्ट पारेको छ ।
बलात्कार कसुर मु्द्दाको टुंगो नलाग्दै निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा समावेश गराएर खेलमा फर्काएको भन्दै क्यानको चर्को आलोचना भइरहेको छ । क्यानको कदमको विरोधमा माइतीघर मण्डलामा अधिकारकर्मीहरुले विरोध प्रदर्शन समेत गरेका थिए । उनीहरुले बलात्कार अभियुक्तलाई सामान्य नागरिकसरह सुविधा दिएर क्यानले कानूनको धज्जी उडाएको र न्यायलयको विश्वसनियतमाथि दाग लगाउने काम गरेको बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता
माघ ११, २०८१ शुक्रबार
व्यक्ति ठगी मुद्दाका आरोपी अनिल पोखरेलसँग अदालतले माग्यो ५ लाख धरौटी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार