त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा समस्या, सम्पूर्ण उडान प्रभावित
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २१:६:१८
८ फागुन, काठमाडौं । चालू अवस्थामा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ ।
सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । समस्या समाधानका लागि प्राविधिक टोलिहरु खटिरहेको उनले बताए ।
सर्भरको समस्याले अध्यागमनको डिपाचर, इम्रिग्रेसनको काम रोकिँदा उडान समेत बन्द भएको छ । टीआई, अध्यागमनमा सञ्चालित सफ्टवेयर पनि सिंहदरबारकै भएको र एक ठाउँमा समस्यामा आउँदा विमानस्थलमा असुर पुग्ने गरिएको छ ।
यसअघि गत माघ १५ गते प्रायः सबै सर्भर बन्द भएर सरकारी वेबसाइटहरू एकैपटक डाउन हुँदा सरकारी सेवा ३ दिनसम्म बन्द भएको थियो । त्यसबेला संचारमन्त्री रेखा शर्माले सरकारी डाटा सेन्टरको चाबी नेपालसँग नरहेको र त्यो कहाँ छ भनेर खोजी गर्नुपर्ने बेला आएको बताएकी थिइन् । त्यसपछि सरकारको झनै आलोचना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार