नेपाली क्रिकेटर महबुबले गरे नेपाल टी २० लिगमा ‘म्याच फिक्सिङ’ स्वीकार
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २१:५९:४९
८ फागुन, काठमाडौं । हिरासतमा रहेका नेपाली क्रिकेटर मेहबुब आलमले नेपाल टी(२० लिग प्रतियोगितामा स्पट फिक्सिङ कसुर गरेको स्वीकार गरेका छन् ।
कसुर गरेको आरोपमा सीआईबीले उनीसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सकेर सरकारी वकिल काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा दायर मुद्दाको मिसिलमा उनले प्रहरीसँग उनले खेल हार्ने र जित्ने बनाउन फिक्सिङको प्रस्ताव गरेको स्वीकारेको पाइएको हो ।
उनले गएको पुष्गा ९–२७ सम्म काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको नेपाल टी–२० लिगमा फिक्सिङका लागि आरिफ शेख र हासिम अन्सारीलाई प्रस्ताव गरेको स्वीकार गरेका छन् । दुई जनाबाहेक अरुलाई प्रस्ताव नगरेको समेत उनले प्रहीसँगको बयानमा भनेका छन् ।
प्रतिम्याच ६ लाख रुपैयाँ पाउने गरी फिक्सिङको प्रस्ताव गरेका थिए । खेल चलिरहेका बेला नेपाली खेलाडीहरुले अस्वभाविक खेल खेलेपछि पैसा लिएर खेल खेलिएको ( म्याच फिक्सिङ भएको) भन्दै खेल कमेन्टेटरले बिचमै छाडेपछि आशंका सीआईबीले आलम र अर्का खेलाडी आदिललाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान सकेपछि सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरु दुईसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई ३ वर्ष कैद सजायको माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार