पोखराबाट काठमाडौं आइपुग्नेबित्तिकै प्रधानमन्त्रीले सुरु गरे पार्टीको पदाधिकारी बैठक
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २३:५६:३८
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पोखराबाट काठमाडौं आइपुग्ने बित्तिकै पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा पदाधिकारी बैठक सुरु गरेका छन् ।
पोखरामा उनी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकमा सहभागी भएर उनी ५ बजे मात्र काठमाडौं आइपुगेका हुन् ।बैठक सोमबार दिउँसो ४ बजे बस्न आइपुग्न ढिला भएका कारण बैठक ढिला सुरु भएको छ । बैठक अहिले जारी छ । बैठकमा राष्ट्रपति उम्मेदवारबारे छलफल हुने जनाइएको छ ।
यही २५ फागुनमा हुन गइरहेको नयाँ राष्ट्रपतिका लागि निर्वाचनका लागि १३ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा दलहरुलाई उम्मेदवार टुंगो लगाउनुपर्ने बाध्यतामा परेका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन गर्नुपर्ने अडान राख्दै आएको छ । तर आजको बैठकले केही सचिलो निर्णय लिन सक्ने अनुमान गरिएको छ ।
उता नेकपा एमालेले भने प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति हुँदाका बखत भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेलाई सघाउनुपर्ने अडान राख्दै आएको छ । सहमति उल्लंघन भएमा सरकार ढाल्नेसम्मको सकेंत दिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार