ओली–नेपालबीच गोप्य वार्ता, नेपाललाई राष्ट्रपति बनाउने ओलीको तयारी !
नेपालबहस संवाददाता
फागुन ८, २०७९ मंगलबार ५:२६:५
८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य भेटघाट भएको छ । पार्टी मिलाउने र माधव नेपाललाई राष्ट्रपति बनाउने गरी दुई नेताहरुबीच गोप्य भेटघाट भएको हो । दुई नेताहरुबीच महाराजगन्जमा भेटघाट भएपनि यसलाई गोप्य राखिएको छ । एमाले छोडेर नयाँ पार्टी नेकपा एकीकृत समाजबादी गठन गरेका नेपाललाई ओली आफैले भेट्न् बोलाएर त्यस्तो प्रस्ताव गरेको ओली निकट एमालेका एक पदाधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति राष्ट्रपति उम्मेदवारका विषयमा खोजी गर्नु पर्ने भन्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा सघाउन सक्ने देखेपछि ओलीले माधब नेपालसग हात मिलाउन खोजेका हुन् । प्रचण्डको कांग्रेस सँगको हिमचिम रोक्ने र राष्ट्रपति चुनाव पछि संसद को ठुलो दल बनेर आफै प्रधानमन्त्री बन्ने गरी ओलीले प्रचण्डलाई सबक सिकाउन पनि माधब नेपालसग हात मिलाउन खोजेका हुन ।
त्यहि क्रममा आईतवार ओलीले माधब नेपालसग महाराजगन्जमा गोप्य वार्ता गरेका हुन । त्यहि भेट्मा ओलीले नेपाललाई रास्ट्रपति बन्न र नेपाल नेतृत्वको पार्टी फेरी एमालेमै मिलाउन प्रस्ताव गरेका हुन् । माधब नेपालको पार्टी सग १० सासद प्रतिनिधि सभामा छन । यदि प्रचण्ड राष्ट्रपतिमा आफनो गठबन्धन छोडेर कांग्रेससँग जान खोजे माधब नेपाललाई मात्रै अगाडि सारेर रोक्ने प्रयास गरेका हुन् ।
ओलीले प्रचण्डले पुस १० मा आफु प्रधानमन्त्री बन्दा बनेको सहमतिका अधारमा एमालेले उठाउने उम्मेदवारलाई सघाउन तयार भए गुरु बराल, डोरमणि पौडेललगायत पात्रलाई उम्मेदवार बनाउने तर त्यसो नभई माओवादी पुरानो गठबन्धन ब्युताउन लागेमा प्रचण्डसम्मलाई रास्ट्रपति चुनाब सम्म रोक्नका लागि माधब नेपाल , झलनाथ खनाल बाबुराम भट्टराई देखि महन्त ठाकुरसम्मलाई उम्मेदवारका रुपमा अघि बढाउन सक्ने सम्भावना बलियो बनेर गएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार