अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार चयन गर्ने
नेपालबहस संवाददाता
फागुन ९, २०७९ मंगलबार १८:१९:२
९ फागुन, काठमाडौं । एमालेनिकट अनेरास्ववियुले क्याम्पस भेलाबाट स्ववियुका सम्भावित उम्मेदवार छनौट गर्ने भएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले फागुन १३ गते स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा विद्यार्थी भेला गरेर उम्मेदवार छनौट गर्ने निर्णय गरेको हो ।
फागुन १३ गते देशैभरिका स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा भेला गरेर उम्मेदवारहरू छान्न प्रक्रिया सुरु गर्न केन्द्रले तल्ला कमिटीहरूलाई मापदण्डसहित निर्देशन दिइसकेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए । निर्देशनबमोजिम क्याम्पस भेला गर्ने र सम्भावित उम्मेदवारहरूको सूची संकलन गरेर केन्द्रमा पठाइने र केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने विधि तय भएको उनले बताए ।
चैत ५ गतेका लागि तोकिएका स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले तयारी तीव्रता दिएको छ । अध्यक्ष बडालको नेतृत्वमा निर्वाचन परिचालन मूल समिति बनेको छ ।उपाध्यक्षहरु नारायण घर्तीको नेतृत्वमा घोषणापत्र लेखन उपसमिति, उपाध्यक्ष गोविन्द गिरीको नेतृत्वमा प्रचार प्रसार उपसमिति, उपाध्यक्ष धर्म गिरीको नेतृत्वमा आर्थिक सहयोग उपसमिति तथा उपाध्यक्ष मर्यादा विष्टको नेतृत्वमा स्वयंसेवक परिचालन उपसमिति बनाइएको छ । बडाल हालै सम्पन्न २३औं महाधिवेशनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार